अभिनेता केभिन स्पेसीविरुद्ध यौन शोषणको मुद्दा


 Mechikali 

अभिनेता केभिन स्पेसीविरुद्ध म्यानह्याटनस्थित न्युयोर्क सर्वोच्च अदालत म्यानह्याटनमा यौन शोषणको मुद्दा दर्ता भएको छ । सन् १९८० को दशकमा आफूहरु युवा हुँदा केभिनले यौन शोषण गरेको भन्दै दुई पुरुषले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।। एक पार्टीमा सहभागी हुँदा केभिनले आफू किशोर अवस्थामा हुँदा यौन शोषण गरेको एन्थोनीले अदालतमा दिएको बयानमा उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्‍चार माध्यमले बताएका छन् । केभिनलाई यौन शोषणको आरोप लगाउने अर्का व्यक्तिले भने आफ्नो बयानमा अभिनय कक्षा लिने बहानामा आफूलाई अपार्टमेन्टमा बोलाएर यौन कार्य गर्न लगाएको बताएका छन् ।अभिनेता केभिन स्पेसीले ‘द युजुअल सस्पेक्ट्स’, ‘एलए कन्फिडेन्सियल’, ‘अमेरिकन ब्युटी’, ‘सेभेन’लगायतका चलचित्रमा अभिनय गरेका छन् ।’ब्रोडवे’ र ‘स्टार ट्रेक’ अभिनेता एन्थोनी र्‍यापले सन् २०१७ मा केभिनको यौन शोषणबारे पहिलो पटक बोलेका थिए । त्यसपछि दुई पटक ओस्कार जितेका केभिनको फिल्म करियर ओरालो लाग्यो ।धेरैले केभिनको यौन शोषणबारे मिडियामा बोले । एक पार्टीमा सहभागी हुँदा केभिनले आफू किशोर अवस्थामा हुँदा यौन शोषण गरेको एन्थोनीले अदालतमा दिएको बयानमा उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्‍चार माध्यमले बताएका छन् । केभिनलाई यौन शोषणको आरोप लगाउने अर्का व्यक्तिले भने आफ्नो बयानमा अभिनय कक्षा लिने बहानामा आफूलाई अपार्टमेन्टमा बोलाएर यौन कार्य गर्न लगाएको बताएका छन् ।अभिनेता केभिन स्पेसीले ‘द युजुअल सस्पेक्ट्स’, ‘एलए कन्फिडेन्सियल’, ‘अमेरिकन ब्युटी’, ‘सेभेन’लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु