सिनेमा हल सम्झना बिर्सना


 Mechikali 

दशकअघि जस्ता सिनेमा हल अब रहेनन् । हेर्दै सफासुग्घर, टिकट पनि अनलाइनबाट किन्न मिल्ने र फिल्म हेर्न जाँदा पनि बेग्लै आनन्द अनुभव गर्थे दर्शक । संसारभर टेलिभजन र अनलाइन कन्टेन्टले चुनौती दिएपछि सिनेमा घरहरूको स्वरूपमा मात्रै परिवर्तन आएन, प्रविधि धेरै फरक परिसक्यो ।सिनेमा घर सञ्चालकको लगानी पनि निकै थपियो । यतिबेला हल सञ्चालक टाउकोमा हात लगाइरहेका छन्, दर्शकचाहिँ कोरोना हटेर फेरि भीडभाडका साथ फिल्म हेर्न जाने दिनको प्रतीक्षामा छन् ।तिलोत्तमा–२ शंकरनगरकी रिया मल्ल प्रत्येक साताको सोमबार सपरिवारसँगै हलमा फिल्म हेर्न जान्थिन् । लकडाउनयता धेरै परिवर्तन आयो । ‘फन मिस भएको छ,’ उनी भन्छिन्, ‘रिफ्रेसमेन्टको माध्यम नै भएन ।’ हलको वातावरण नपाए पनि मकै भुटेर खाँदै टीभी हेरेर समय बिताइरहेको उनले सुनाइन् । ‘युट्युबबाट फिल्म हेर्दा न क्वालिटी लाग्छ, न हलमा जस्तो आवाज नै दमदार,’ उनले भनिन्, ‘कहिले खुला र जाम्लाजस्तो भइसक्यो ।’ पपकर्न र चिप्स खान रुचाउने उनले हलमा हेर्नुको मजै बेग्लै हुने गरेको बताइन् । ‘अहिलेका डिजिटल हलमा पर्दाबाट कलाकार नै आँखाअगाडि आएजस्तो हुने,’ उनले भनिन्, ‘जताबाट सुने पनि आवाजै एउटै । यस्तो टेक्नोलोजीले लोभ्याउने गरेको छ ।’
उनीजस्तै साथीभाइको जमघटमा बस्न रुचाउने देवदह–१० भलुहीकी आँचल खनालले हलभित्रको हाँसो साह्रै मिस गरेको बताइन् । ‘नेपाली फिल्म लाग्नेबित्तिकै हल जान्थ्यौं,’ उनले सुनाइन्, ‘भेला भएर हेर्न पाउँदा रमाइलो लाग्थ्यो ।’ कोरोनाका कारण मनोरञ्जन सबै छुटेको उनले बताइन् । देवदहबाट बुटवल आई हलमा फिल्म हेर्दा खुसी नै बेग्लै हुने उनको अनुभव छ । हलबाट निस्कनेबित्तिकै फोटो खिच्ने, फिल्मका डाइलग सामाजिक सञ्जालमा स्टाटसका रूपमा राख्ने कुरा पनि हराएको खनालले बताइन् ।
रूपन्देहीमामल्टिप्लेक्स हल कासी सिने कम्प्लेक्स छ । यसमा साढे दुई करोड रुपैयाँ लगानी गरेको सञ्चालक ओम जैसीले बताए । सीमावर्ती भारतबाट पनि दर्शकको ओइरो लाग्ने सिनेमा घर गत चैतदेखि बन्द छ । उनले भने, ‘सेनिटाइज गरी, ज्वरो नापेर ४० प्रतिशत मात्र दर्शक राखेर भए पनि सिनेमा हल खोल्न पाउने वातावरण भए केही सन्तोष गर्ने बाटो हुन्थ्यो ।’

प्रतिक्रिया



थप समाचारहरु