बिनय कार्कीको ‘तिम्रै लागि’ सार्वजनिक


 Mechikali 

काठमाडौं– बिनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विनय कार्की र प्रबिशा अधिकारीको स्वर रहेको छ । गायक, सङ्गितकार, एरेन्जरको रुपमा आफुलाई स्थापित गराएका विनय द भोईस अफ नेपाल २ का उत्कृष्ट प्रतियोगी पनि हुन् । विनय भोईसमा जानु भन्दा पहिलै देखि व्यस्त संगीतकर्मि हुन् । भोईसले उनलाई थप उचाई दिएको हो ।
‘तिम्रै लागि’ गीतमा शब्द, संगित र निर्देशन रोजल थापाको रहेको छ । गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय रहेको छ । छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतको रहेको छ ।

प्रतिक्रिया



थप समाचारहरु