बीस वर्ष कैद सुनाइएका फरार प्रतिवादी पक्राउ


 Mechikali 

बनेपा – कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत काभ्रेबाट कैद सजाँयको फैसलापछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्धामा संलग्न भई अदालतले कैद सजाँय सुनाएका बेथानचोक गाउँपालिका–४ का २२ वर्षिय सुवास सुनारलाई पक्राउ गरेको हो । सुनाराले साविक चलालगणेशस्थान गाउँ विकास समिति– २ का १८ वर्षिय एन्जल तामाङलाई २०६९ कात्र्तिक ८ गते छुरा प्रहार गरी हत्या गरेका थिए ।
सुनारलाई जिल्ला अदालत काभ्रेले २०७४ असार १४ गते कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गरी २० वर्षको कैद सजाँयको फैसला सुनाएको थियो । अदालतको फैसलापछि सुनार कैद भुक्तान नगरी फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले सुनारलाई शुक्रबार भक्तपुरको थिमीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो । पक्राउ परेका सुनारलाई आईतबार कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय पठाइएको थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ गर्ने कामलाई तिव्रता दिएको छ ।

 

 

प्रतिक्रिया



थप समाचारहरु