काभ्रेमा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु


 Mechikali 

बनेपा (काभ्रे)– काभ्रेको शिरमोरियल अस्पतालमा कोरोना संक्रमणबाट दुई बृद्धको मृत्यु भएको छ । अस्पतालका अनुसार पनौतीका ८७ वर्षीय र बनेपाका ८३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरु दुवैको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कात्तिक २४ गते अस्पतालमा भर्ना भएका अस्पतालका अनुसार ८७ वर्षीय पुरुषमा सोही दिनमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।  कात्तिक २७ गते उपचारका लागि अस्पतालमा भर्ना भएका बनेपाका ८ वर्षीय पुरुषमा पनि सोही दिन नै कोरोना सङ्क्रमण पु्ष्टी भएको अस्पतालले जनाएको छ । ८७ वर्षीय बृद्धमा पुरानो चिनी रोग र निमोनिया देखिएको थियो भने ८३ वर्षी बृद्ध पुरुषमा उच्च रक्तचाप, मधुमेह, निमोनियाका साथै मृगौलामा खराबी समेत देखिएको अस्पतालले जनाएको छ ।
मृतक दुवै मृतक पुरुषको शव दाहसंस्कारका लागि नेपाली सेनाको टोलीले पशुपति आर्यघाट लगेको अस्पतालले जनाएको छ । काभ्रेमा हालसम्म कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । जसमा २३ पुरुष र १० महिला रहेका छन् ।

 

प्रतिक्रिया



थप समाचारहरु