एलिना चाैहानकाे ‘बुढाकाे कचकच’


 Mechikali 

” अफिस भनी विहान उठी जान्छाै झाेला बाेकी मध्ये राति अाउँछाै घरमा जहिल्यै जाँड धाेकी लाैन मलाई के दशा लायाे यही बुढाको कचकचले ज्यान खायो” अहिलेका चर्चित गायिका एलिना चाैहानले अाफुलाई बुढाकाे कचकच जहिल्यै भनी गुनासो गरेकी छिन् । तर वास्तविक जीवनमा नभई उनले गीतमा साे गुनासो गरेकी हुन् हालै सार्वजनिक भएको गीतमा । कलाक्षेत्रमा राम्रो सम्भावना बाेकेकी प्रतिभा माेडल साेफिया बज्राचार्यकाे प्रस्तुति ” बुढीकाे कचकच” गीतमा एलिनाले स्वर दिएकी हुन् ।

हालै सार्वजनिक भएको चर्चित निर्देशक अादित्य बुढाथोकीकाे निर्देशन रहेको ‘बुढीकाे कचकच ‘ गितकाे भिडियोमा पारिवारिक घर झगडाकाे विषय समेटिएको छ । बुढाथोकीको निर्देशनमा बजारमा आएको “बुढीकाे कचकच …” भिडियोले रिलिज भएकाे पहिलो दिनमै २५ हजार भ्युज कटाइसकेको छ । भिडियोलाई निर्देशक बुढाथोकीले सहज अनि फरक ढंगमा उत्कृष्ट बनाउन खाेजेका छन् । जीवनका अनवरत यात्रामा बुढाबुढी बीच सानातिना गल्ती अनि अाइपर्ने महत्वकांक्षा अनि चुनाैतीले श्रीमान श्रीमती बिच अाउने तनावलाई भिडियोमा प्रष्ट्याउन खाेजिएकाे छ । साेफिया बज्राचार्यकाे प्रस्तुति ” बुढीकाे कचकच …” मा साेफिया बज्राचार्यकाे साथमा राज बस्नेत अनि सुनिल जिम्बा, शसिशेखर बुढाथोकी, नवराज दाहाल, ममता घर्ती, अन्जु त्रिपाठी, मिस्रा काफ्ले, सुकदेव थपलिया, सावित्री राना मगर, सहदेव राभाट, दिनेश रानाभाट, प्रजुन रानाभाट, सदिच्छा गिरीकाे अभिनय रहेकाे छ । निकै नै चर्चामा रहेको गीतमा चर्चित गायिका एलिना चाैहानलाई भरत भट्टले कर्णप्रिय स्वरले साथ दिएका छन् ।

सपना बानियाँ र भरत भट्टकाे शब्द रहेको गीतमा सपना बानियाँले संगीत भरेकि छिन् । केबी भण्डारीले संगित एरेन्ज गरेका छन् । समाज र परिवार कसरी बिखण्डन तिर लम्कन सक्ने सानासाना कुरालाई समेटिएको भिडियोमा मुकेश हुमागाईकाे छायांकन, कविता तोलाङ्गीकाे श्रृङ्गार, पदम सुवेदीकाे सम्पादन रहेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियाेमा अमरकृष्ण चन्दको सह निर्देशन रहेको छ । पर्यटकीय स्थल धुलिखेलकाे देविस्थान अासपासकाे रमणीय दृश्यलाई कैद गरिएकाे भिडियोमा सकारात्मक साेचले समस्या सरलीकरण गर्नुपर्छ भन्ने सन्देश दिन खाेजिएकाे छ । श्रीमान श्रीमती दुबैले एकअर्कालाई बुझेर जीवन सार्थक बनाउनुपर्छ भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ । गीतलाई अाेएसअार डिजिटलले बजारमा ल्याएको हाे । साँझ बिहान नभनेर काममा गाछु जहिले हाम्रै लागि हाे भनेर कुरा बुझ्छाै कहिले ।

 

प्रतिक्रिया



थप समाचारहरु