कोरोनाबाट चौरीदेउरालीका एक पुरुषको मृत्यु


 Mechikali 

काभ्रे– कोरोना संक्रमणबाट काभ्रेमा एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कोरोना सङ्क्रमणबाट चौरीदेउराली गाउँपालिकाका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । उहाँको सोमबार बिहान उपचारका क्रममा बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ । उहाँमा मंसिर ४ गते कोरोना सङ्क्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।

उहाँको दुवै फोक्सोमा निमोनिया भएको शिर मेमोरियल अस्पताल बनेपाले जनाएको छ । काभ्रेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३५ जनाको मृत्यु भएको छ । जसमा २५ पुरुष र १० महिला रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेले सोमबार जिल्लामा ५८ नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।
सोमबार बनेपा नगरपालिकाबाट २२ जना, धुलिखेलबाट ९ जना, पनौती नगरपालिकाबाट १३ जना, पाँचखालबाट ५ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी नमोबुद्ध नगरपालिबाट दुई जना, तेमाल गाउँपालिकाबाट दुई जना, रोशी गाउँपालिकाबाट एक जना, बेथानचोक गाउँपालिकाबाट तीन जना र चौरीदेउराली गाउँपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

प्रतिक्रिया



थप समाचारहरु