प्रचण्ड र माधव नेपालको एकता ढुलमुलेहरुको एकता हो–मन्त्री थापा


 Mechikali 

काभ्रे– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा खानेपानी मन्त्री मणी थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको एकता ढुलमुलेहरुको एकता भएको बताएका छन् । काभ्रेको बनेपामा आयोजित नेकपा काभ्रेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलालाई बनेपामा सम्बोधन गर्दै मन्त्री थापाले प्रचण्ड डबल डिलर भएको दुई जिब्रे भएके नेता भन्दै माधवकुमार नेपाल पनि कहिले यता र कहिले उता गर्ने ढुलमुले भएकोले यी दुई बीचको एकता ढुलमुलेहरुको एकता भएको बताए ।
मन्त्री थापाले प्रचण्डले माओवादीलाई नबनाई आफ्नो आफन्त र परिवार मात्रै बनाएको आरोप लगाए । उनले प्रचण्डमा द्धन्द्धबाट निकास निस्कन्छ भन्ने सिद्धान्त रहेको भन्दै परिवारबाद, अस्थिरतावादतर्फ नजानको लागि ३० वर्षदेखि सँगै रहेका प्रचण्डको साथ छोडेको बताए । उनले पूर्व माओवादी प्रचण्डको पक्षमा छन् कि रामबहादुर थापा ‘बादल’ को पक्षमा छन् भन्ने कुरा हेर्नको लागि छ महिना कुर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले प्रचण्डले पार्टीमा नारायणकाजी श्रेष्ठ भित्राएर र नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री हुने दाउ हेरेर माक्सवाद–लेलिनवाद–माओवाद, प्रचण्डपथ छाडेको आरोप लगाए ।
उनले प्रचण्ड एक्लैले माओवादी पार्टी नबनाई बाबुराम भट्टराई र मोहन बैद्यको समेत ठुलो हात रहेको बताए । उनले तत्कालको लागि केपी ओलीले देखेको सपना पुरा नभएको देखिएपनि आगामी १०÷२० वर्षमा त्यसको अनुभुति जनताले पाउने दावी गरे । उनले प्रधानमन्त्रीमा सोच्न सक्ने, सबै नेता कार्यकर्तालाई मिलाउन सक्ने र चिनिँया राष्ट्रपति, भारतीय प्रधानमन्त्री, पुटिनको जस्तो अन्र्तराष्ट्रिय पोलिटिक्स गर्न सक्ने क्षमता रहेको दावी गरे । उनले प्रचण्ड र माधव नेपालले २४ घण्टे फाइदाको मात्रै राजनीति गरेको आरोप लगाए ।

प्रतिक्रिया



थप समाचारहरु