पूर्वप्रधानन्याधिशहरुलाई चुनाव लडेर राजनीतिमा आउन गोकुलको चुनौती (भिडियोसहित)


 Mechikali 

बनेपा– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पूर्वप्रधान्याधिशहरुलाई प्रचण्ड–माधव नेपालको समुहबाट चुनावमा प्रतिस्पर्धा गर्न आउन चुनौती दिएका छन् । शुक्रबार प्रर्वप्रधानन्याधिशहरु सुशिला कार्की, अनुपराज शर्मा, मिनबहादुर रायमाझी र कल्याण श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई असंबैधानिक भएको भन्दै विज्ञप्ती जारी गरेका थिए । विज्ञप्तीप्रति लक्षित गर्दै नेता बाँस्कोटाले विज्ञप्ती जारी गर्नुभन्दा प्रचण्ड र माधव नेपालको कार्यकर्ता भएर चुनाव लड्न चुनौती दिएका हुन् ।
‘श्रीमान्हरु त्यो वक्तव्य जारी गर्नुभन्दा प्रष्ट रुपमा प्रचण्ड–माधवले नेतृत्व गरेको टुटफुटकारी, राष्ट्रियता बिरोधी, विकाश बिरोधी, न्याय बिरोधी, विभाजनकारी, स्थिरता बिरोधी, अस्थिरताको पक्षधरी पार्टीको सदस्य बनेर चुनाव लड्न आउनुस्’ बाँस्कोटाले थपे । उनले हिजो न्यायालयमा बिचाराधिन मुद्धामा माथि बोल्न पाँईदैन भने आज राजनीति गरेको बताए । उनले राजनीति गर्न मन भए राजनीतिमा आउन आग्रह गरे । उनले भूतपूर्वहरुले फैसला नगरी वर्तमानले फैसला गर्ने भएकोले अदालतको फैसला स्विकार्य हुने बताए ।
उनले माधव नेपाललाई महाधिवेशबाट अध्यक्ष बन्न आग्रह गर्दा नमानेको बताए । बाँस्कोटाले माधव नेपाल परिवर्तन, विकास नचाहने पदको आकाँक्षी मात्रै भएको दावी गरे । उनले केपी ओलीलाई माधव नेपालले किस्तीमा राखेर अध्यक्ष पद नदिएर महाधिवेशनबाट अध्यक्ष भएको बताए । उनले माधव नेपालको पछि लागेर नेतृत्वको विकास हुन्छ भन्नु भ्रम रहेको बताए । उनले झण्डै दुई तिहाईको पार्टी बनाउने अध्यक्षलाई ५ वर्ष कुर्न नसकेको बताए । उनले आफुहरु जनताको मतको विस्वास गर्ने भन्दै जनताले जहाँ बसाउँछन् त्यही बस्न तयार रहेको बताए ।
उनले काभ्रेमा काठमाडौँ विश्वविद्यालय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, मदनभण्डारी विश्वविद्यालय र पनौतीमा पोलिटेक्निकल विश्वविद्यालय हुने बताए । उनले मदनभणडरी विश्वविद्यालयको डिपिआरको काम र पनौतीको पोलिटेक्निकल विश्वविद्यालय केही समयमा घोषणा हुने बताए । उनले सन् २०२३ सम्म काभ्रे तथा नेपाल भरी खानेपानी नभएको स्थानमा खानेपानीको सुविधा पुग्ने दावी गरे । उनले कालापनी लगायतको क्षेत्र नेपालको हो केपी ओली पहिलो नेता भएको दावी गरे । उनले प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै आँखा चिम्लेर गन्तव्यमा नपुगि भन्दै गन्तव्यमा पुग्न सिद्धान्त र बिचार आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा नेता आनन्द पोखरेलले जनआधार रक्षाको लागि नेकपाका नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा जानुपर्ने बताउनुभयो । उहाँले प्रचण्ड र माधव नेपालले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि बढाउन नसकेको र प्रधानमन्त्रीले अघि सारेको उक्त अभियानमा समेत खुसी नभएको आरोप लगाउन्ुभयो । नेता पोखरेलले राष्ट्रिय स्वाधिनताको रक्षा र समृद्धिको अभियान सञ्चालन गर्ने केपी ओली भएको दावी गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामहरी सुवेदी, रेशम लामा, चन्द्र लामा, प्रदेश सभा सांसद गोमा भूर्तेल, केन्द्रीय सदस्य प्रकाश गौतम, नेकपा काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठलगायतले आफ्नो भनाई राखेका थिए ।

भिडियो :

 

प्रतिक्रिया



थप समाचारहरु