काभ्रेमा पहिलो चरणमा तीन हजार पाँच सयलाई कोभिड बिरुद्धको खोप लगाइँदै


 Mechikali 

काभ्रे– कोरोना सङ्क्रमणको बिरुद्धमा अग्रभागमा रहेर काम गर्ने व्यक्तिहरुलाई पहिलो चरणमा (कोभिड–१९) बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थय कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले काभ्रेमा कोरोनाको समयमा अग्र भागमा रहेर काम गर्ने तीन हजार ५८१ जनालाई कोरोना बिरुद्धको खोप लगाइने भएको हो । उहाँले माघ १४ गतेबाट जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालबाट खोप लगाइने बताउनुभयो ।
उहाँले ७४९ जना सरकारी स्वास्थ्यकर्मी, १ हजार ३६८ जना नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, ९५५ जना महिला स्वास्थ्य स्वयम्सेविका, १११ जना नगरपालिकामा कार्यरत सरसफाईकर्मीलाई खोप लगाइनेछ । यसैगरी २२८ जना नीजि क्षेत्रमा काम गर्ने सरसफाईकर्मी, ४४ जना जिल्लामा रहेका एम्बुलेन्स चालक र १२६ जना शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालका सुरक्षा गार्डलाई खोप लगाइने डा. झाले बताउनुभयो ।
जिल्लाको बनेपा, पनौती, धुलिखेल, पाँचाखाल, मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, भुम्लु, बेथानचोक र खानीखोला गाउँपालिकामा अग्रभागमा रहेर काम गर्ने व्यक्तिहरुलाई धुलिखेल अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालमा जिल्लाको नमोबुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स चालक तथा शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मीलाई खोप लगाइनेछ । भारत सरकारले केहि दिन अघि नेपाल सरकारलाई कोरोना बिरुद्धको ‘कोभिसिल्ड’ भ्याक्सिन उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया



थप समाचारहरु