जनमत आफ्नो पक्षमा पार्न नेकपाका दुवै समूहका नेताहरु सक्रिय


 Mechikali 

बनेपा– दुई समुहमा विभाजन भएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का दुवै समूह सङ्गठन बिस्तारमा जुटेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) तथा बरिष्ठ नेता माधव कुमार नेपाल दुई समूहमा विभाजित बनेपछि काभ्रे जिल्लामा समेत त्यसको असर परेको थियो ।
पार्टी एकिकरणपछि निस्क्रिय रहेको नेकपा जिल्ला पार्टी कमिटि पार्टी दुई समुहमा विभाजित भएपछि भने दुवै समूहका नेताहरु जिल्लामा सक्रिय भएका छन् । नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूह जनमतलाई आफ्नो पक्षमा पार्नको लागि जिल्लाका विभिन्न स्थानमा कार्यकर्ता भेला लगायतका कार्यक्रमहरुको आयोजना गर्न लागि परेका छन् । नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) ओली पक्षका जिल्ला कमिटि सचिव नारायण पाण्डेले पार्टीले दुई महिने पार्टी पूर्नजागरण अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले पुस २५ गतेदेखि फागुन २५ गतेसम्म जिल्लामा पार्टी पुर्नजागरण अभियान सञ्चालन हुने बताउनुभयो ।
उहाँले जिल्लाका १३ वटा स्थानीय तहका १३५ वटा वडामा पार्टी कमिटिहरु पूर्न गठन, कमिटि बिस्तार, युवा सङ्घ, अखिल नेपाल महिला (अनेम) सङ्घ, किसान सङ्घलगायतका जन बर्गीय सङ्ठन बिस्तारको कामहरु अघि बढाइएको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा गरिएका भ्रमपूर्ण कुराहरुलाई विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममार्फत भ्रम चिर्ने काम समेत भएको बताउनुभयो । उहाँले किमिटिहरुको पूर्न गठन, बिस्तारका साथै पार्टीका सङ्गठित सदस्यहरुको नामावली अपडेट काम समेत अघि बढाइएको बताउनुभयो ।
पाण्डेले दुई महिने पार्टी पूर्नजागरण अन्र्तगत १३५ वटा वडामा कमिटि बिस्तार गरिएपछि पालिका स्तरीय कमिटिहरु गठन गरिने जानकारी दिनुभयो । उहाँले जिल्लामा वडा कमिटि बिस्तारका क्रममा नेताहरु खटिएको बताउनुभयो ।
यसैगरी प्रचण्ड–नेपाल पक्षीय नेकपा काभ्रे जिल्ला अध्यक्ष रुकु चौँगालाँईले पार्टीको निर्देशन अनुसार कार्यक्रमहरु अघि बढाइएको बताउनुभयो । उहाँले पार्टी केन्द्र्रीय कमिटिले अघि बढाएको संघर्षलगायतको कार्यक्रमहरुलाई जिल्ला पनि निरन्तरता दिएको बताउनुभयो । उहाँले जिल्लामा विभिन्न स्थानहरुमा भेला तथा सङ्घर्षका कार्यक्रमहरु अघि बढाइएको बताउनुभयो । उहाँले जिल्लाको वडा तहसम्म सङ्घर्ष समितिहरु गठन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु