आठ स्वास्थ्य संस्थालाई अक्सिजन भेन्टिलेटर मेसिन


 Mechikali 

धुलिखेल– स्विजरल्याण्डको एक कम्पनीले काभ्रेको धुलिखेल अस्पतालसहित देशका तीन अस्पताल र पाँच वटा स्वास्थ्य संस्थालाई अक्सिजन भेन्टिलेटर मेसिन सहयोग उपलब्ध गराएको छ । स्विजरल्याण्डको बिसिडि माइक्रोटेक्निक एसए कम्पनीको सहयोगमा स्विजरल्याडको हिमालय आई प्रोजेक्टको समन्वयमा उक्त अक्सिजन भेन्टिलेटर हस्तान्तरण गरिएको हो । बिहिबार हिमालयन आई प्रोजेक्टका संस्थापक सर्ज क्याराटले भेन्टिलेटर मेसिनहस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा धुलिखेल अस्पतालसहित दोलखा अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सोलुखुम्बुको पासाङ ल्हामु अस्पताल, सोलुखुम्बु कै खरिखोला स्वास्थ्य केन्द्र, ताप्लेजुङको घुन्सा स्वास्थ्य केन्द्र, डोल्पाको तिन्जे स्वास्थ्य केन्द्र र दोलखाको गौरीशङ्कर स्वास्थ्य केन्द्रलाई भेन्टिलेटर मेसिन हस्तान्तरण गरिएको हो । धुलिखेल अस्पतालका लागि ६ थान भेन्टिलेटर मेसिन प्रदान गरिएको छ भने अन्य अस्पताल र स्वास्थ्य संस्थाका लागि एक÷एक थान मेसिन हस्तान्तरण गरिएको हो । भेन्टिलेटर मेसिन हस्तान्तरण कार्यक्रममा क्याराटले अक्सिजन भेन्टिलेटर मेसिन कोभिडका बिरामीका साथै अक्सिजन लगाउनुपर्ने अन्य रोगका बिरामीको लागि समेत उपयोगी हुने बताउनुभयो । एउटा भेन्टिलेटरको मूल्य सात हजार अमेरिकी डलर रुपियाँ बराबर रहेको छ ।

 

प्रतिक्रिया



थप समाचारहरु