खानेपानी आयोजनाको लागि नगरपालिकाको एक्काउन्न लाख सहयोग


 Mechikali 

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिकामा निर्माण हुन लागेको खानेपानी आयोजना निर्माणको लागि नगरपालिकाले ५१ लाख ६६ हजार रुपियाँ सहयोग उलब्ध गराएको छ । नगरपालिकाका नौ वटा वडाबासीहरुका लागि खानेपानी उपलब्ध गराउने उद्देश्यले मण्डनदेउपुर सुख्खा क्षेत्र बृहत खानेपानी आयोजना निर्माण हुन लागेको हो ।
नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा निर्माण हुने उक्त खानेपानी आयोजना निर्माणको लागि उपभोक्ताहरुबाट सङ्कलन गर्नुपर्ने एक प्रतिशत रकम अन्र्तगत नगरपालिकाले ५१ लाख ६६ हजार रुपियाँ उपभोक्ता संस्थालाई हस्तान्तरण गरेको हो । केही दिनअघि मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवाले मण्डनदेउपुर सुख्खा क्षेत्र बृहत खानेपानी आयोजना संस्थाका अध्यक्ष रामबहादुर तामाङलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो । खानेपानी आयोजनाका अध्यक्ष तामाङले उपभोक्ताबाट जम्मा गर्नुपर्ने रकम अन्र्तगत खानेपानी उपभोक्ताबाट प्रति घरपरिवार एक हजारका दरले रकम सङ्कलन गर्ने कार्य भईरहेको बताउनुभयो ।
उहाँले नगरपालिकाको वडा नम्बर १, २ र ३ बाहेक वडा नम्बर ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का ५ हजार ५०५ घर परिवारका करिब २७ हजार २१० जना प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । नगरपालिकाको वडा नम्बर ७ को सोते र वडा नम्बर १० नारिम खर्क भएर बहने इन्द्रावती नदीमा इनार निर्माण गरि त्यहाँबाट खानेपानी लिफ्ट गरिनेछ । वडा नम्बर ७ सोतेबाट लिफ्ट गरिएको पानी वडा नम्बर ७ को जितारी पोखरी र वडा नम्बर १० को नारिम खर्कबाट लिफ्ट गरिएको पानी वडा नम्बर १० को थामडाँडामा रहने मुख्य ट्याङ्कीमा पानी खसालिनेछ । जितारी पोखरी र थामडाँडामा खसालिएको खानेपानी नौ वटै वडामा वितरण गरिनेछ ।
खानेपानी वितरणका लागि २३ वटा रिर्जभ्वार्यर ट्याङ्की निर्माण गरिनेछ । इन्द्रावतीमा निर्माण गरिएको इनारबाट तीन÷तीन स्थानमा पानी लिफ्ट गरेर मुख्य ट्याङ्कीसम्म पु¥याइने छ । मुख्य ट्याङ्कीमा प्रति सेकेण्ड १३.५ लिटर पानी खस्नेछ । आयोजना निर्माणको लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागबाट एक अर्ब एक करोड रकम विनियोजन भएको उपभोक्ता संस्थाका सचिव गणेशप्रसाद पराजुलीले बताउनुभयो । उहाँले आगामी १५ दिनभित्र आयोजनाको बोलपत्र आह्वान गरिने बताउनुभयो । खानेपानी आयोजनाको काम तीन वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।

प्रतिक्रिया



थप समाचारहरु