नियन्त्रित लागु औषधसहित युवक पक्राउ


 Mechikali 

काभ्रे– प्रहरीले नियन्त्रित लागु औषधसहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले रोशी गाउँपालिका–९ विपी राजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा नियन्त्रित लागु औषधसहित सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसार धर्मेन्द्रकुमारले बोकेको झोलामा डियाजिमपाम २५० एम्पुल, बुप्रिनोर्फिन २४० एम्पुल र फेनरग्रान २५५ एम्पुल गरी ७४५ एम्पुल नियन्त्रित लागु औषध एम्पुल बरामद गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी कुमारबिक्रम थापाले पक्राउ परेका धर्मेन्द्रकुमारलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु