काभ्रेका व्यापारीको चुनावी नतिजा सार्वजनिक, अध्यक्षमा पसछे विजयी


 Mechikali 

बनेपा–काभ्रे उद्योग वाणिज्य संघको चुनावी साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । हिजो भएको मतदानको अन्तिम नतिजा बिहान सार्वजनिक भएको छ । गएरातीदेखि सुरु भएको मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा पनौतीका व्यवसायी राजेन्द्र पसछे विजयी भएका छन् । उनले ५४० मत पाए भने उनका प्रतिस्पर्धी बसन्तनारायण भोछिभोयाले ३ सय ३९ मत पाए ।
लामो समयदेखि संघको नेतृत्व बनेपाका व्यवसायीको कब्जामा रहँदै आएकोमा यसपटक पनौतीले नेतृत्वको मौका पाएको छ । संघको वरिष्ठ उपाध्यक्षमा प्रताप वैद्य निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै मतदानबाट उपाध्यक्षमा ग्रुवेन तौजले र कैलाश पलाञ्चोके निर्वाचित भएका छन् । संघको महासचिवमा रविन्द्र बैदार निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया



थप समाचारहरु