प्रहरी कार्यालयहरुको कार्यसम्पादन समिक्षा सम्पन्न


 Mechikali 

धुलिखेल– बागमती प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुको ‘कार्यसम्पादन समिक्षा एवम् आगामी रणनीति निर्धारण’ कार्यशाला गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ । गोष्ठीको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गर्नुभएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, जिल्ला प्रहरी कार्यालय काभ्रेपलालाञ्चोक, सिन्धुपाल्चोक, दोलखाका प्रमुखले आफुले गरेका कामहरुको बारेमा प्रस्तुती गरेका थिए ।
गोष्ठीमा जिल्ला प्रहरी कार्यालय सिन्धुली, रामेछापका प्रमुखले आफ्नो कार्यालय र मातहतका कार्यालयबाट जिल्ला सञ्चालन गरिएका गतिविधिका बारेमा प्रस्तुती गर्नुको साथै काम गर्ने शिलसिलामा भएका कठिनाईको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मुख्यमन्त्री पौडेलले जनतामा शान्ति सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मनत्रालयका सचिव मदन भुजेल, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामा, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मिरा चौधरीले आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु