‘एक घर, एक धारा’ मा जोड दिँदै काभ्रेका स्थानीय तह


 Mechikali 

काभ्रे– सबै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काभ्रेमा रहेका स्थानीय तहहरुले खानेपानी आयोजनाका कार्यक्रमहरु सञ्चालन गरेका छन् । काभ्रेका रहेका १३ वटै स्थानीय तहहरुले सङ्घीय, प्रदेश सरकार, विभिन्न गैह्र सरकारी संस्थाहरुसँग लागत साझेदारीमा खानेपानी आयोजनाको कामहरु सञ्चालन गरेका हुन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले आगामी आर्थिक वर्षभित्र नगरभित्रका सबै घरधुरीमा ‘एक घर, एक धारा’ खानेपानी पु¥याइने बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको अन्तिमसम्ममा नगरभित्रका छ वटा वडामा पूर्ण रुपमा ‘एक घर, एक धारा’ खानेपानी सेवा उपलब्ध गराइने बताउनुभयो । उहाँले हालसम्म नगरभित्रका करिब सात हजार घरधुरीमा एक घर एक धारा पुगेको बताउनुभयो । उहाँले नगरभित्रका सबै घरधुरीमा एक घर एक धारा पु¥याउनका लागि विभिन्न खानेपानी आयोजनाहरुको कामहरु सञ्चालन भइरहेको बताउनुभयो । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले नगरपालिका भित्रका सबै वडाका नागरिकहरुलाई एक घर, एक धारा अवधारणा अनुसार खानेपानी उपलब्ध गराउने उद्देश्यले नगरमा काम भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाभित्रका दश वटा वडाबासीका लागि बृहत सुनकोशी लिफ्टीङ खानेपानी, अल्पकालिन रुपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानीको स्रोत नभएका स्थानमा डिप बोरिङ गरेर खानपानी उपलब्ध गराइएको बताउनुभयो । उहाँले विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर खानेपानीका योजनाहरु अघि बढाइएको बताउनुभयो ।
काभ्रेको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गाउँपालिकाले प्रत्येक वडामा एक घर एक धाराको अवधारणा अनुसार खानेपानी योजनाहरु अघि बढाएको बताउनुभयो । उहाँले पालिकाभित्रका सबै घरमा खानेपानी सुविधा पुगेपनि करिब २५ प्रतिशत घरधुरीमा मात्रै एक घर एक धारा पुगेको बताउनुभयो । उहाँले आगामी तीन वर्षभित्र पालिकाभित्रका सबै घरमा एक घर एक धाराको काम सम्पन्न हुने बताउनुभयो । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले यस वर्ष पालिकाभित्रका करिब आठ सय घरधुरीमा एक घर एक धारा खानेपानी पु¥याइने बताउनुभयो ।
उहाँले पालिकाको वडा नम्बर ६ का ३ सय घरधुरी, वडा नम्बर ४ का एक सय ५० घरधुरी र वडा नम्बर ५ का २५० घरधुरीमा खानेपानी उपलबध गराउनका लागि योजना सञ्चालन गरिएको बताउनुभयो । जिल्लाको मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवाले नगरपालिकाभित्र रहेका करिब पाँच हजार घरमा एक घर एक धारा पु¥याएको बताउनुभयो । उहाँले विभिन्न आयोजनाको माध्यमबाट सबै धरमा एक घर एक धारा पु¥याइने बताउनुभयो । उहाँले सङ्घीय, प्रदेश सरकार, रेडक्रसलगायतका विभिन्न सङ्घसंस्थाहरुसँग साझेदारी गरेर खानेपानीको कामहरु सञ्चालन गरिएको बताउनुभयो ।
जिल्लाको कोशिपारी क्षेत्रमा रहेको चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले पालिकाभित्रका करिब ७० प्रतिशत घरधुरीमा एक घर एक धारा पुगेको दावी बताउनुभयो । उहाँले पालिकाभित्रका करिब तीन हजार घरमा एक घर एक धारा पुगेको बताउँदै बाँकी ३० प्रतिशत घरधुरीमा ठुला आयोजनामार्फत खानेपानी उपलब्ध गराइने बताउनुभयो । जिल्लाको बनेपा, पनौती, नमोबुद्ध नगरपालिका, रोशी, तेमाल, खानीखोला, भुम्लु गाउँपालिकाहरुले समेत पालिकाभित्र रहेका सबै घरधुरीमा एक घर एक धाराको अवधारणा अनुरुप कार्यक्रमहरु अघि बढाएको जनाएका छन् । जिल्लाको धुलिखेल, बनेपा र पनौती नगरपालिकाका अधिकाँश घरधुरीमा काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजना अन्र्तगतको एक घर एक धारा जोडिनेछ ।

प्रतिक्रिया



थप समाचारहरु