जिल्ला अदालत काभ्रेद्धारा ३३ प्रतिशत मुद्दा फछयौँट


 Mechikali 

काभ्रे– जिल्ला अदालत काभ्रेले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा अदालतमाा दर्ता भएका ३३ प्रतिशत मुद्दा फछयौँट गरेको छ । अदालतले गत दुई वर्षदेखि बाँकी रहेर जिम्मेवारी सरेर आएका र चालु आर्थिक वर्षमा अदालतमा दर्ता भएका मुद्दाहरुमध्ये ३३ दशमलव ६१ प्रतिशत मुद्दा फछर्यौट गरेको हो । जिल्ला अदालत काभ्रेका स्रेस्तेदार गोबिन्दप्रसाद घिमिरेले अदालतले साउनदेखि फागुन मसान्तसम्म अदालतमा दर्ता भएकामध्ये छ सय चार वटा मुद्दा फछयौँट गरेको बताउनुभयो ।

उहाँले गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएका नौ सय ९२ वटा मुद्दा र यस वर्ष दर्ता भएका ८१५ नयाँ मुद्दा गरी कुल एक हजार ७९७ मुद्दामध्ये ६०४ वटा मुद्दा फछयौँट भएको बताउनुभयो । उहाँले कोरोना भाईरसका कारण मङ्सिर महिनाभन्दा अघि अदालतले राम्रोसँग काम गर्न नसकेको बताउनुभयो । उहाँले कोरोना भाइसरका कारण अदालत राम्रोसँग नचलेका कारण मुद्दा फछर्यौट दरमा कमी आएको बताउनुभयो ।
स्रेस्तेदार घिमिरेले फछर्यौट भएका मुुद्दामध्ये ६ महिना भित्रका २३७ वटा, छ महिनादेखि १२ महिनाभित्रका ११८ वटा , १२ महिनादेखि १८ महिनाभित्रको १२३ वटा १८ महिनादेखि दु्रइ्र्र वर्षभित्रको ६५ वटा र दुई वर्षदेखि नाघेका ६१ वटा मुद्दा फछयौँट गरिएको बताउनुभयो । उहाँले अदालतमा फागुन मसान्तसम्म दर्ता भएका मुद्दाहरुमध्ये एक हजार १९३ वटा मुद्दा फछयौँट गर्न बाँकी रहेको बताउनुभयो । बाँकी रहेका मुद्दाहरुमध्ये ६ महिनाभित्रको ४७९ वटा, छ महिनादेखि एक वर्षभित्रको १६९ वटा, १२ महिनादेखि १८ महिनाभित्रको २७१ वटा, १८ महिनादेखि २ वर्षभित्रको २११ वटा र दुई वर्ष नाघेका ६३ वटा मुद्दाको फछर्यौट गर्न बाँकी रहेको बताउनुभयो ।
अदालतका तहसिलदार शेषराज दाहालका अनुसार अदालतले कैद, जरिवाना र सरकारी विगोको लगत फछयौँट गराउने क्रममा चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म १२ करोड सात लाख ७६ हजार ४१२ रुपियाँ जरिवाना र १७४ वर्ष ६ महिना ६ दिन कैद असुल गरेको बताउनुभयो । उहाँले अदालतले अझै पनि ६३ करोड छ लाख ८४ हजार ८५० रुपियाँ जरिवाना र एक हजार २६ वर्ष पाँच महिना सात दिन कैद असुल गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले फैसला कार्यान्वयन सम्बन्धी निवेदनहरुको लगत फछयौँट गर्ने क्रममा साउनदेखि फागुन मसान्तसम्म एक सय ११ वटा मुद्दाको फछयौँट गरेको बताउनुभयो । दाहालले ६४ वटा निवेदन विगो भराउने, पाँच वटा निवेदन चलन चलाउने, २९ वटा निवेदन बण्डा छुट्याउने, एउटा निवेदन क्षपितपूर्ति भराउने, सात वटा निवेदन मानाचामल भराउने, तीन वटा निवेदन कोट फि भराउने र अन्य दुई वटा निवेदनको लगत फछयौँट गर्ने रहेका छन् । उहाँले फैसला कार्यान्वयन सम्बन्धी ३५९ निवेदनमध्ये फागुन मसान्तसम्मका २४८ वटा निवेदनको लगत फछयौँट गर्न बाँकी रहेको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु