प्रेस चौतारी काभ्रेद्धारा तीन पत्रकारलाई सम्मान


 Mechikali 

बनेपा- प्रेस चौतारी नेपाल काभ्रे शाखाले विभिन्न पदमा निर्वाचित र छनौट भएका आफ्ना तीन सदस्यलाई सम्मान गरेको छ । चौतारीले नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएकोमा फुलमान बल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का केन्द्रिय सदस्य निर्वाचित भक्त स्याङतान र अकोराब बागमती प्रदेश अध्यक्ष बलराम श्रेष्ठलाई शनिबार बनोपमा सम्मान गरेको हो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उप–महासचिव हिरामान लामा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, पुर्वअध्यक्ष भोजराज तिमल्सिना, प्रेस चौतारी काभ्रेका संयोजक भुवन रायमाझीले उच्च स्थानमा पुग्नु जिल्लाको लागि गौरवको विषय भएको भन्दै खुसी व्यक्त गरेका छन् । सम्मान ग्रहण गर्दै तीनै जनाले पत्रकारिता क्षेत्रको विकासका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु