पत्रकार महासङ्घ काभ्रेको अध्यक्षमा बद्रीप्रसाद


 Mechikali 

बनेपा– नेपाल पत्रकार महासङ्घ काभ्रेको बुधबार राती सम्पन्न निर्वाचनले बद्रीप्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । महासङ्घको उपाध्यक्षमा बिनोदकुमार न्यौपाने, महिला उपाध्यक्षमा सुनिता सापकोटा, सचिवमा कपिल कोईराला, सह–सचिवमा सरोज अधिकारी समावेशी सह–सचिवमा जगतमान वल तामाङ र कोषाध्यक्षमा केदारनाथ तिमल्सिना निर्वाचित भएका हुन् ।
महासङ्घको कार्य समिति सदस्यमा सुकदेव थपलिया, शिव पन्त, देवराज केसी, रञ्जित बोहरा, मोहनकृष्ण तिमल्सिना, सन्तोष न्यौपाने, अशोक महत, जनजाती सदस्यमा सुरज श्रेष्ठ, निर्वाचित भएका हुन् । यसैगरी महासङ्घको समावेशी सदस्यमा रामचन्द्र अधिकारी, अन्य समावेशी सदस्यमा बद्री तिमल्सिना, महिला सदस्यमा सम्झना गौतम निर्बिरोध निर्वाचित भएका हुन् । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा भुवन रायमाझी, प्रदिप केसी, नवराज सापकोटा, निरञ्जन गेलाल, रामचन्द्र दनुवार, लक्ष्मण तिमल्सिना र भरत अधिकारी निर्वाचित भएका हुन् ।
महासङ्घको राष्ट्रिय परिषद् महिला सदस्यमा सरिता सापकोटा, प्रदेश परिषद् महिला सदस्यमा सूर्यमाया दनुवार, कविता शर्मा, राज्यलक्ष्मी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । काभ्रेमा प्रेस यूनियन र प्रेस सङ्गठनको संयुक्त प्यानल र प्रेस चौतारीको अलग प्यानल निर्वाचनमा सहभागि भएको थियो । निर्वाचनबाट प्रेस चौतारीका १४ जना, प्रेस युनियनका ११ जना र प्रेस सङ्गठनका चार जना गरी कुल २९ जना निर्वाचित भएका हुन् ।

प्रतिक्रिया



थप समाचारहरु