आरम्भ चौतारी लघु वित्तले बोनस शेयर वितरण गर्ने


 Mechikali 

बनेपा– बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघु वित्त वित्तीय संस्थाले चुक्ता पूँजीको ८ दशमलव ८५ प्रतिशत बराबरको बोनाश शेयर वितरण गर्ने भएको छ । मंगलबार बनेपामा सम्पन्न संस्थाको पाँचौँ बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷०७७ सम्मको सञ्चित मुनाफाबाट २६ करोड ३४ लाख ४८ हजार चुक्ता पूँजीको ८.८५ प्रतिशतले हुने दुई करोड ३३ लाख १५ हजार १४८ बराबरको बोनस शेयर वितरण गर्ने स्विकृति दिएको हो ।
सभाले मर्जर समितिको सिफारिस बमोजिम सञ्चालक समितिले प्रस्ताव गरे अनुसार बागमती प्रदेश कार्यक्षेत्र भई बनेपा नगरपालिका– ८ मा रहेको बिपिडब्लुु लघुवित्त वित्तीय संस्था लिमिटेड र लुुम्बिनी प्रदेश कार्यक्षेत्र भई बुुटवल उपमहानगरपालिका– ४ मा रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड लाई शेयर आदानप्रदान अनुुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव समेत स्वीकृत गरेको छ । शेयर आदान प्रदान स्विकृति पछि आरम्भ चौतारीको शेयर स्वामित्व अनुपात ६३.६५ प्रतिशत (संस्थापक) र ३६.३५ प्रतिशत (सर्वसाधारण) रहेकोमा बिपिडब्लुु लघुुवित्त वित्तीय संस्था र देउराली लघुुवित्त वित्तीय संस्थालाई प्राप्ती पश्चात बन्ने ‘आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड’ को शेयर स्वामित्व अनुपात ६८.३० प्रतिशत (संस्थापक) र ३१.३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्ताव समेत पारित पारित गरेको थियो ।
सभापछि बसेको सञ्चालकहरुको बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः जगतबहादुर पोखरेललाई अध्यक्ष चयन गरेको छ । कार्यक्रममा शेयरधनी चन्द्र्रनारायण श्रेष्ठ, शेयरधनी जीवन भण्डारी, गोपालप्रसाद बस्याल, निवर्तमान सञ्चालक दिपकुमार बुढाथोकीलगायतले संस्थाको गतिविधिहरुको बारेमा आफ्नो भनाई राखेका थिए । सभामा संस्थाका नायव कार्यकारी अधिकृत किरण काफ्लेले संस्थाको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सभा संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु