सहकारी महासंघ बागमती समन्वय उपसमितको बैठक धुलिखेलमा सम्पन्न


 Mechikali 

धुलिखेल– राष्ट्रिय सहकारी महासंघ लिमिटेड बागमती प्रदेश समन्वय उपसमितिको पहिलो बैठक धुलिखेलमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लिमिटेडको व्यवस्थापन तथा राष्ट्रिय सहकारी महासंघ ललिपुरको आयोजनामा भएको बैठकमा सहकारीका क्षेत्रमा जिल्लामा देखा परेका समस्या, प्रवद्र्धन, विकास तथा समस्याका समाधानको बारेमा छलफल भएको थियामे । बैठकमा १५ वटा भन्दा बढी सहकारीका क्षेत्रमा आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रहरुको बारेमा निर्णय भएको जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडले सहकारी अभियानको इतिहासमा ७ वटै प्रदेशमा प्रदेश समन्वय उप समिति निर्माण गरी सहकारी अभियानको संस्थागत सुशासन, पारदर्शिता सहित सहकारीको प्रवद्र्धन र विकास गर्ने उद्देश्यका साथ कार्यक्रमहरु अघि बढाएको छ । धुलिखेलमा आयोजना गरिएको बैठक पहिलो बैठक हो । बैठकमा पाँच भन्दा बढी बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । बैठकमा बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला सहकारी संघका अध्यक्ष, बिषयगत संघका उप समितिमा मनोनयन भएका अध्यक्ष, प्रदेश सहकारी संघ लि. का अध्यक्ष तथा प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा महासंघ मिमिटेडको तर्फबाट बागमती प्रदेश सहकारी अनुगमन प्रतिवेदन डि.बि.बस्नेत, महासंघका महा प्रवन्धक चित्राकुमारी थाम्सुहांङले राष्ट्रिय सहकारी महासंघले संघहरुको लागि प्रवद्र्धनमा गरेका प्रयास तथा कार्यहरुका बारेमा प्रस्तुतीकरण गरेकी थिईन् । उक्त बैठकमा राष्ट्रिय सहकारी बैंकका बद्री गुरागाँई, केन्द्रिय बचत तथा ऋण सहकारी संघ, केन्द्रिय कृषि सहकारी संघहरुले बागमती प्रदेशमा भएका प्रगती र आगामी दिनमा गरिने क्रियाकलापहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष केसवप्रसाद बडालले सहकारीहरु उत्पादनसँग जोडिदै अगाडि बढ्न र सहकारी दर्शन, नीति र सिद्धान्तका आधारमा चलाउन प्रत्येक जिल्ला सहकारी संघहरुले पहल गर्नुपर्ने बिचार ब्यक्त गरे । बैठक समापन समारोहमा बोल्दै महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु