पाँचखाल नगरका सवारी एम्बलेन्सको रुपमा प्रयोग गरिने


 Mechikali 

पाँचखाल (काभ्रे)– काभ्रेको पाँचखाल नगरपालिकाले नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतले चढ्दै आएको सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगर प्रमुख महेश खरेलले आज एक अपिल पत्र जारी गर्दै नगरबासीहरुलाई असहज परिस्थितीमा सहयोग, सद्भाव र सेवा उपलब्ध गराउनु पहिलो कर्तव्य रहेको भन्दै नगरपालिकाभित्र रहेका चार वटा एम्बुलेन्सले सेवा दिन कठिनाइ भएको खण्डमा आफुहरुले चढ्दै आएको सवारी साधन प्रयोग गर्न सक्ने जनाएका छन् ।
नगर प्रमुख खरेलले प्रयोग गर्दै आएको बा १ झ ९१०९ नम्बरके सरकारी स्कारपियो, नगर उप प्रमुख लक्ष्मी दनुवारले प्रयोग गर्दै आएको बा १९ प ५६६८ नम्बको स्कारपियो र नगरका प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आएको बा २ झ १४९४ नम्बरको सरकारी पिकअप गाडी प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ । नगर प्रमुख खरेलले बा ८ च ४२१० नम्बरको आफ्नो नीजि ल्याण्ड क्रुजर गाडी पनि कोभिडका बिरामीहरु बोक्नको लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने जनाएका छन् । यसैबीच नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति तथा पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले आफुले चढ्दै आएको बा ८ च ३८१ नम्बरको गाडीलाई काभ्रे अटो मेकानिक्स व्यवसायीसँग सहकार्य गरेर एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु