अक्सिजन सिलिण्डर सङ्कलन गर्दै काभ्रे प्रहरी

धु्लिखेल र शिरमेमोरियल अस्पताललाई अक्सिजन हस्तान्तरण

 Mechikali 

काभ्रे– कोरोना संक्रमणसँगै जिल्लामा अक्सिजन तथा अक्सिजन सिलिण्डरको अभाव श्रृजना भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले खाली अवस्थामा रहेका अक्सिजन सिलिण्डर संकलन कार्यलाई तिब्रता दिएको छ । प्रहरीले काभ्रे अटो मेकानिक्स व्यवसायी सङ्घको सहयोगमा जिल्लाको बनेपा, धुलिखेललगायतका स्थानमा खाली अवस्थामा रहेका अक्सिजन सिलिण्डर सङ्कलन कार्य सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बनेपा, धुलिखेल, भकुण्डे, दोलालघाटलगायतका स्थानमा रहेका अटो मोबाइल्स्, क्रसर उद्योग, ग्रील उद्योग, अक्सिजन डिपोमा खाली अवस्थामा रहेको अक्सिजन सिलिण्डर जम्मा गरिएको बताउनुभयो ।
उहाँले संकलन गरिएका सिलिण्डर सङ्घमार्फत सम्बन्धित व्यक्ति तथा संस्थालाई फिर्ता गरिने बताउनुभयो । उहाँले बिहिबारसम्म १०५ वटा सिलिण्डर संकलन भएको बताउँदै जिल्लामा दुई सय सिलिण्डर जम्मा गरिने बताउनुभयो । उहाँले बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा अक्सिजनको अअभाव देखिएपछि बुधबार राती दश सिलिण्डर र बिहिबार धुलिखेल अस्पताललाई ३० वटा अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले जिल्लामा संकलन गरिएका सिलिण्डरमा अक्सिजन भरेर प्रहरी कार्यालयमा नै राखिने र अस्पतालमा अक्सिजनको अभाव भएको खण्डमा हस्तान्तरण गरिने बताउनुभयो ।
काभ्रे अटो मेकानिक्स व्यवसायी सङ्घका अध्यक्ष अर्जुन तिमल्सिनाले कोरोना सङ्क्रमण बढ्दै जाँदा अक्सिजन र अक्सिजनको सिलिण्डरको अभाव भएपछि सङ्घ अन्र्तगत रहेका व्यवसायीसँग भएका अक्सिजन सिलिण्डर सङ्कलन सुरु गरेको बताउनुभयो । उहाँले सङ्घले अक्सिजन सिलिण्डर सङ्कलनको कामलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले हासम्म संघले ६६ वटा सिलिण्डर संकलन गरेर प्रहरीले हस्तान्तरण गरेको बताउनुभयो ।

 

प्रतिक्रिया



थप समाचारहरु