रोशी १२ मा एकै गाउँका ५० भन्दा बढी बिरामी, नमुनाको रुपमा २७ जनाको स्वाब संकलन


 Mechikali 

रोशी-काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १२ केराबारीका ५० भन्दा बढी स्थानीय बिरामी परेका छन् । उनीहरुमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको वडा अध्यक्ष राम बहादुर मोक्तानले जानकारी दिए । स्थानीयहरु विरामी पर्न थालेपछि आज गाउँपालिका, वडा कार्यालयका स्वास्थ्यकर्मी जनप्रतिनिधि सहितको टोली पुगेर नमुनाको रुपमा २७ जनाको स्वाव संकलन गरिएको छ ।

केहिदिनअघि मात्रैं स्थानीय एक व्यवसायीमा कोरोना पुष्टि भएपछि विरामी परेकाहरुमा पनि कोरोना संक्रमण भएको हुन सकने स्थानिय कुलध्वज तामाङको भनाई छ । एकैपटक धेरै मानिस विरामी परेपछि स्थानीय त्रसित भएका छन् । केराबारीमा हालसालै दुईवटा विवाह भएको थियो । उक्त विवाहमा पनौती र चितवनबाट जन्ती गएका कारण उनीहरुबाट नै कोरोना भित्रिएको आशंका गरिएको स्थानीय तिलक रायले बताए ।

विरामी परेका मध्ये अधिकांश विवाहमा सहभागि भएकाहरु हुन् । उनीहरुमा ज्वरो, खोकी, जिउ दुख्ने जस्ता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि आज स्वाव संकलन गरिएको हो । वडा अध्यक्ष मोक्तानसहित गाउँपालिका स्वास्थ्य शाखाको टिमले गाउँमा नै गएर औषधी समेत वितरण गरेको छ । अहिले गाउँमा खेतीपातीको समय भएकाले धेरैले स्वाव दिन नमानेको स्थानीयले बताएका छन् । आज संकलन गरिएको रिपोर्टको आधारमा थप कदम चालिने वडा अध्यक्ष मोक्तानले बताए ।

प्रतिक्रिया



थप समाचारहरु