श्रीमतीको हत्या गरी मकै बारीमा शव गाड्ने पुरुष पक्राउ


 Mechikali 

काभे– आफ्नी श्रीमतको हत्या गरी मकै बारीमा गाड्ने एक पुरुष पक्राउ परेका छन् । प्रहरीले आफ्नै श्रीमतीको हत्या गरी मकै बारीमा खाल्डो खनी गाड्ने काभ्रेको चौरीदेउराली गाउँपालिका–९ गोठपानी कालीमाटीका २८ वर्षीय छोरा सोनाम लामालाई पक्राउ गरेको हो । प्रहरीले सोनामसँगै उनका ६६ वर्षीय बाबु च्याङ्वा भन्ने चन्द्रबज्र लामा समेत पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २८ वर्षीय सोनामले आफ्नै श्रीमती २२ वर्षीया सुमिना गुरुङको जेठ १ गते राती हत्या गरी मकैबारीमा खाल्डो खनी पुरेका थिए । सुमिना गाउँबाट एकाएक हराएको खबर गाउँले र उनका माईती पक्षले थाहा पाएपछि माइती पक्षल आएर आफ्नी छोरी खोजतलास गर्ने क्रममा उनको हत्या गरी मकै बारीमा गाडेको थाहा पाएपछि माईती पक्षले प्रहरीकोमा जानकारी गराएका थिए । मृतक सुमिनाको माईती पक्ष र गाउँलेले खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा सोनामले हत्या गरी लाश गाडेको बताएपछि शव गाडेको स्थान उत्खन्न् गर्ने क्रममा सुमिनाको शव फेला परेको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो ।
उहाँले श्रीमतीको हत्या गरी शव मकै बारीमा गाडेका सोनामले जेठ ३ गते ईलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीमा गएर श्रीमती हराएकोले खोजी पाउँ भनी निवेदन समेत दिएको बताउनुभयो । प्रारिम्भक सोधपुछका क्रममा सोनामले श्रीमती घरमा झुण्डिएको अवस्थामा देखेको र उक्त दृष्य देखेपछि बुबा चन्द्रबज्रलाई खबर गर्दा केश आफुहरुलाई लाग्ने भन्दै झुण्डिएको शव काटेर कसैलाई थाहा नदिने उद्देश्यले शव मकैबारीमा गाडेको बयान दिएको खतिवडाले बताउनुभयो । २०७६ सालमा प्रेम विवाह गरेका सोनाम र सुमिनाबीच केही समयअघि देखि फेसबुकका विषयमा सामान्य विवाद समेत हुँदै आएको थियो ।
सुमिनाको हत्यामा संलग्न चन्द्रबज्र र उनका छोरा सोनामलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनीहरु बिरुद्ध कर्तव्य ज्यान मुद्दा शिर्षकमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक सुमिनाको पोष्टमार्टम रिपोर्टपछि घटनाको विस्तृत जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु