काभ्रेमा थप पाँच स्थानीय तह शिल


 Mechikali 

धुलिखेल- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काभ्रेका थप पाँच स्थानिय तह सिल गरिने भएको छ । शनिवारबाट धुलिखेल नगरपालिका, पनौती नगरपालिका र पाँचखाल नगरपालिका सिल गर्ने निर्णय भएको हो । यस्तै रोशी गाउँपालिकाका सबै क्षेत्र आज राती १२ बजेदेखि १२ गते राती १२ बजेसम्म शिल गरिएको छ भने भुम्लु गाउँपालिका क्षेत्रमा ९ गतेदेखी १५ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिने भएको छ ।

धुलिखेल नगरपालिका र पनौती नगरपालिका भोली जेठ ८ गते राती १२ बजेदेखी जेठ १२ गते राती १२ बजेसम्म तथा पाँचखाल नगरपालिका क्षेत्र जेठ ८ गते दिउसो २ बजेदेखी १५ दिन सिल गर्ने निर्णय भएको हो । उक्त अवधिमा अत्यावश्यक सेवा र औषधी पसल बाहेक अन्य प्रकारका पसल व्यवसाय बन्द गर्ने निर्णय भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिएका छन् ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर धुलिखेल नगरपालिका भित्र पनि तिव्र रुपमा समुदायस्तरमा नै फैलिएको, संक्रमितको संख्या दिनानुदिन बढीरहेकोले नगरपालिकाको सम्पुर्ण क्षेत्र संक्रमणको अत्यन्तै जोखिमपुर्ण अवस्थामा रहेकाले कोरोना भाइरस संक्रमणको श्रृङखला तोडी संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नगरपालिकाको सम्पुर्ण क्षेत्र पुर्ण रुपमा सिल गर्ने निर्णय भएको नगर प्रमुख ब्याञ्जुले बताए । यस्तै पनौतीमा पनि अत्यावश्यक अस्पतालजन्य सेवा र औषधी पसल बाहेक अन्य पसल व्यवसाय बन्द गर्ने नगर प्रमुख भिम न्यौपानेले जानकारी दिए । सिल अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरेका छन् । पाँचखाल नगरपालिकाले भने सिल अवधिमा पनि दुध संकलन गर्ने भएको छ ।

विहान ६ बजेसम्म दुध संकलन गर्नुपर्ने र ७ बजेभित्र विक्रिवितरण गरिसक्नुपर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमागाँइले जानकारी दिएका छन् । स्वास्थ्य सेवा र अत्यावश्यक सेवा बाहेक नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक वित्तिय संघसंस्था सहकारी लगायत अन्य व्यापार व्यवसाय भने भोलीबाट १५ दिन पुर्ण रुपमा बन्द हुने नगरपालिकाले जनाएको छ । यससँगै काभ्रेका ६ स्थानीय तह सिल भएका छन् । यसअघि बनेपा नगरपालिका र नमोवुद्ध नगरपालिकाल नगर क्षेत्रे सिल गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया



थप समाचारहरु