काभ्रेमा घट्दै सक्रिय संक्रमित


 Mechikali 

धुलिखेल– काभ्रेमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आजसम्म काभ्रेमा १ हजार ८ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।
आज काभ्रेमा ७२ जनामा मात्रै कोरोना संक्रमित थपिएका छन् । त्यसको तुलनामा निको हुनेको संख्या बढि रहेका कारण सक्रिय संक्रमितको संख्यामा कमी आएको हो । काभ्रेमा सबैभन्दा बढी सक्रिय संक्रमित पाँचखाल नगरपालिकामा रहेका छन् । पाँचखालमा ३ सय २० जना सक्रिय संक्रमित रहेका छन् । धुलिखेल र बनेपामा यसअघि ३ सय भन्दा बढी सक्रिय संक्रमित रहेकोमा आज यो संख्या घटेको छ । धुलिखेलमा २ सय ९९ जना र बनेपामा २ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा कम सक्रिय संक्रमित चौरीदेउराली गाउँपालिकामा रहेका छन् । सयभन्दा कम सक्रिय संक्रमित रहेका पालिकाहरुमा नमोबुद्ध नगरपालिका, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका र तेमाल गाउँपालिका रहेका छन् ।
काभ्रेमा आज पिसिआर परिक्षणबाट ४६ जना र एन्टिजेन परिक्षणबाट २६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काभ्रेमा कोही पनि कोराना संक्रमितले ज्यान गुमाउन परेन ।

प्रतिक्रिया



थप समाचारहरु