बनेपामा आमा–छोरा मृत फेला


 Mechikali 

बनेपा–काभ्रेको बनेपा नगरपालिका ११ सिनागालमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । बनेपा ११ सिनागाल स्थित बाँनियाटोलमा पाँचखाल नगरपालिका ६ घर भएकी ३० बर्षीया मनिषा कार्की घिमिरे र उनका ६ बर्षका छोरा युवान घिमिरे मृत अवस्थामा फेला परेका हुन् । मनिषाका श्रीमान भने अचेत अवस्थामा फेला परेका छन् ।
पाँचखालका स्थायी बासिन्दा उनीहरु सिनागालमा डेरा गरी बस्दै आएका थिए । उनीहरुको कोठामा औषधी र विषादी फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । अचेत अवस्थामा फेला परेका ३३ बर्षका माधवप्रसाद घिमिरेको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनले श्रीमति र छोरालाई विषय खुवाएर आफूले पनि खाएको प्रारम्भिक अनुमान गरिएको छ ।
घिमिरेको परिवारले बनेपाको तीनदोबाटोमा व्यवसाय सञ्चालन गर्दै आएको थियो । माधवले केही समयदेखि डिप्रेसनको औषधी सेवन गरिरहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

 

प्रतिक्रिया



थप समाचारहरु