नयाँ भवनमा इलाका प्रहरी कार्यालय बनेपा


 Mechikali 

बनेपा-प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित भवनहरु मध्ये २ वटा प्रहरी ईकाईहरुको समुदघाटन सम्पन्न भएको छ ।

आज आयोजित अनौपचारिक बिशेष कार्यक्रमका विच ईलाका प्रहरी कार्यालय बनेपाको नव-निर्मित भवनको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री केशवराज पाण्डेको प्रमुख आतिथ्यमा उद्घाटन सम्पन्न भएको हो । समुदघाटन सम्पन्न भएको ईलाका प्रहरी कार्यालय बनेपाको मु.अ.कर सहित रु. ३,४७,५३,८०९।२६ को लागतमा निर्माण भएको हो । ईलाका प्रहरी कार्यालय बनेपामा आयोजित कार्यक्रममा बामगती प्रदेश सभाका सदस्य माननीय लक्ष्मण लम्साल, माननीय बसुन्धरा हुमागाई, माननीय चन्द्र लामा, माननीय गोमा भुर्तेल, बनेपा नगरपालिकाको नगर प्रमुख तथा उप-प्रमुख, धुलिखेल नगरपालिकाको उप-प्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, संघिय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बनेपा न.पा. वडा नं.८ र ९ का वडाध्यक्षहरु समेतको उपस्थिती रहेको थियो ।

प्रहरी चौकी फलामेटार काभ्रेको नव-निर्मित भवनको पनि आजै बामगती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिद्युतिय (Virtual) माध्यमद्धारा उदघाटन भएको छ । सो Virtual उद्घाटन कार्यक्रममा खानीखोला गा.पा.का अध्यक्ष, वडाध्यक्ष लगायत स्थानियहरुको उपस्थिती रहेको थियो । समुदघाटन सम्पन्न भएको प्रहरी चौकी फलामेटारको मु.अ.कर सहित रु.२,२९,१७,९२१।७० लागतमा निर्माण भएको हो

२०७६ साल जेष्ठ १७ गते सम्झौता भई निमार्ण भएका ६ वटै प्रहरी ईकाईहरु निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका प्रहरी ईकाईहरुमा प्रहरी चौकी फलाटे, प्रहरी चौकी तिमालबेशी, प्रहरी चौकी फोक्सिङ्टार, प्रहरी चौकी ताल्ढुंङ्गा, प्रहरी चौकी फलामेटार र ईलाका प्रहरी कार्यालय गोकुले रहेका छन् । त्यसैगरी मिति २०७६ साल असोज १३ गते ईलाका प्रहरी कार्यालय बनेपा र ईलाका प्रहरी कार्यालय देविटारको सम्झौता भएकोमा ईलाका प्रहरी कार्यालय बनेपाको नव-निर्मित भवनको आज समुद्घाटन भएको हो भने ईलाका प्रहरी कार्यालय देबिटारको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री केशवराज पाण्डेले प्रहरीलाई क्रमश आधुनिकिकरण गर्दै जाने योजना अनुरुप पहिलो चरणका ६ वटै प्रहरी ईकाईहरु समुदघाटन सम्पन्न भएको, दोश्रो चरणका २ वटा मध्ये ईलाका प्रहरी कार्यालय देविटारको भवन निमार्णाधिन रहेको तथा तेश्रो चरणका लागि प्रहरी चौकी साँगा तथा प्रहरी चौकी कटुन्जेको निर्माण प्रारम्भ भैसकेको जानकारी दिनु भयो ।

उक्त अवसरमा निर्माण सम्पन्न भएका प्रहरी ईकाईहरुको लागि जग्गा उपलब्ध गराउने बनेपा नगरपालिकाको कार्यालय तथा खानिखोला गाउँपालिकाको कार्यालयलाई दोसल्ला सहित कदर पत्रद्धारा तथा भवन निर्माण कार्यमा उल्लेखनिय सहयोग गर्ने व्यक्तिलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु