कोरोना : मेरो भोगाई !


 Mechikali 

-सकुन्तला सिग्देल

कुरा वैशाख १८ गतेको हो,शनिवारको दिन,फेरि गाउँघरमा धमाधम कामको समय चलिरहेको थियो।हप्तामा ६ दिन आफ्नो कार्यालयमा व्यस्त हुने म हरेक शनिवार घरमाbकाम गर्थे।सधैझै १८ गतेको दिन पनि म बिहान सबेरै उठेर ममि सङ्ग बारिमा मकै छर्न लागे।बिहानको ७:०० बजेको थियो हामी बारिमा पुग्दा।करिब १२:०० बजेसम्म मकै छरेर खाना खानलाई घरमा आए।

 

थकान त थियो नै फेरि भोलिपल्ट अफिस पनि जानू पर्नेभएकोले ३० मिनेटको अन्तरालमा खाना खाएर पुनः सोही काममा बारितिर लागे।दिउसो भरी बारिमा काम गरेर साझको करिब ६:३० तिर घर आए। रात परिसकेको हुनाले म भान्सामा पसे अनि खाना तयार गरे।दिउसो भरिको थकाईले गर्दा छिट्टै खाना खाएर म आफ्नो बिस्तारामा गए।थकाई लागेपछि निदाउन नसक्ने म त्यो दिन भने ओक्छ्यानमा पुग्दा बितिक्कै निदायछु।राती हल्का ज्वरो आएको महसुस भयो। भोलिपल्ट अर्थात १९ गते बिहान, आँखा त खुल्यो तर ज्यान चलाउन सार्है गार्हो भयो।बिस्तारै उठे अनि बाहिर गएर ममिलाई गार्हो भएको कुरा सुनाए।बिहानको ८:३० बजिसकेको थियो।धारामा गए अनि हातमुख धोए।

 

त्यो दिन अफिस जानुपर्नी अन्तिम दिन थियो।किनकी राती १२:०० बजेपछी लकडाउन हुने थियो।कोरोनाको कारण बस पनि चलेको थिएन।आफुलाई गार्हो पनि भएको अफिसमा फोन गरेर जानकारि गराए।अफिस आउनुपर्छ भनेपछी बिस्तारै अफिसको लागि तयाए भएर हिडे।त्यो दिन म दादा सङ्ग गएको थिए।केहिबेर अफिसको काम सकेर अरु दिन भन्दा छिट्टै घर फर्कियौ हामी सबैजना।घर आउने बितिक्कै गार्हो भएको हुँदा सुते,त्यो दिन खाना पनि खाईन। अर्को दिन बिहान सम्म त पुरै बिरामी परे।शनिवारको थकाईले होला भनेर तातोपानी लिएर सिटामोल खाएर बसे।दुई दिन सम्म पनि कम भएन ,अझ ज्वरो त बढेर १०३.८ सम्म आयो।त्यसपछी घरमा छुट्टै बस्न थाले।एन्टिबायोटिक हरु खाए।

 

कोरोनाको हरेक लक्षणहरु थपिन थाल्यो।एक हप्ता बितिसक्दा ज्वरो त घट्यो तर छातीमा समस्या देखिन थाल्यो सास फेर्न कठिनाई भएको महसुस भयो।सार्है गार्हो भएपछी बाबाले कोरोना परिक्षण गर्न लैजानु भयो। २६ गते बिहान कोरोना परिक्षण गरेर आए।२७ गते साझ ६ बजेतिर नयाँ नम्बरबाट फोन आयो। म:हेल्लो उताबाट:हजुर मेरो नाम लिदै सोध्न थाल्नुभयो। म:हजुर भन्नू न उताबाट:हजुरले हिजो गर्नुभएको कोरोना परिक्षणमा हजुरको रिपोर्ट पोजेटिभ आएको छ,साथै स्वास्थ सम्बन्धी अन्य कुराहरु बताएर फोन राख्नुभयो। अरुलाई लागेको सुन्दा सधै हौसला दिने म कता कता कमजोर भएको महसुस भयो।फेरि कोरोनाको हरेक लक्षणहरु देखिएको पनि त थियो।अनि घरमा भनेर त्यो दिन देखि पुरै एक्लै बसे।सबैजना आएर बस्ने कुरा गरिरहने एक्कासी त्यसरी बस्दा एक्लोपन महसुस त भयो नै।मनमा डर पलाउन थाल्यो,कतै मलाई केही हुने पो हो कि।

 

समाचार हरु पनि त्यस्तै सुनिरहेको पनि थिए।कतै म मेरा आफन्त सङ्ग सधैका लागि टाढा हुने त होइन। कोहि त्यस्ता मान्छेहरु थिए अब मलाई निको हुन्न भन्ने खालका त्रासहरु देखाउथे त कोहि म अनि मेरो परिवार सङ्ग बोल्दा समेत कोरोना सर्ला झै गर्थे।थोरै मान्छे त्यस्ता भेटिए पनि मैले धेरै मान्छे त्यस्ता भेटे जस्ले मलाई कोरोना जित्न हौसला दिइरहनु भएको थियो।यो समयमा सबैभन्दा दुख त्यती बेला लाग्यो जति बेला मेरो ममिको ३ वटि छोरी भएर पनि आमाको मुख हेर्ने दिनमा ममिको साथमा कोहि हुन पाएनौ।दिदिहरु त लकडाउनको कारण आउन पाउनुभएन,आफू सङ्गै भएर पनि साथ दिन पाईन।तर मेरो होमआईसोलेसनका दिनहरुमा मेरो परिवारले मेरो लागि धेरै गर्नुभयो।ती बिरामी ममि जस्ले आफ्नो भन्दा बढि ख्याल मेरो राख्नुभयो।त्यसैले नै होला भनिन्छ”आमा” शब्द महान छ।”आमा” शब्दमा मात्रै हैन साच्चै महान छिन।

 

यसरी मेरो कोरोना पोजेटिभ भएको दिनहरु बित्दै गए।बिस्तारै खानामा गएको स्वाद फर्कियो,ज्यान दुख्न कम हुँदै गयो,सास फेर्न सहज हुन थाल्यो।आज भोलि भन्दा भन्दै बिरामी भएको दिन देखि होमआईसोलेसन बसेको दिनसम्म गरेर लगभग २४-२५ दिनको दिन निको भएर बाहिर निस्किए।त्यती बेला मलाई कोरोना मात्रै होइन संसार जितेको आभास भयो।लाग्यो मेरो पुनर्जन्म भएको हो।मनमा डर थियो आफन्त सङ्ग फेरि जोडिन पाउछु पाउदिन,अब भने त्यो डर पनि हराउन थाल्यो। यसरी अहिले म बिरामी भएको लगभग ५० दिन कटिसकेको छ।घर तिरको सामान्य काम गर्न सक्ने भएको छु।फेरि पुराना दिन सङ्गै मेरा खुशिहरु फर्केका छन्।शरिरमा थकान त अझैपनी छ।किनकी सामान्य ज्वरो रुघाखोकी जस्तो होइन रहेछ कोरोना,कोरोनाले एकदमै गलाउदो रहेछ।

 

आज असारको ७ गते बिहान उठ्दा पुरै ठिक भईसकेको आभास भईरहेको छ।बेला बेलामा त शरिरले धोका दिईरहेको पनि छ र पनि म अब ढुक्क सङ्ग भन्न सक्छु कि कोरोनालाई जित्न सकिन्छ।कोरोनालाई जस्तो सोच्यो उस्तै हुदोरहेछ।हामी संक्रमीत भैहालेछौ भने पनि कोरोनाको नकारात्मक पक्षलाई होइन सकारात्मक पक्षलाई मात्र हेर्ने र सुन्ने गरौ।संक्रमितलाई डर देखाउने होइन कि हौसला प्रदान गरौ।आफू बाचौ अरुलाई पनि बचाउ! सुरक्षित रहौ आफ्नो समाज,छरछिमेक सबैलाई सुरक्षित राखौ। लकडाउनको सहि सदुपयोग गरौ। कोरोना लाग्न बाट बाचौ र बचाउ। कोरोना,म अनि मेरो लकडाउन कथा, मेरो सानो प्रयास सङ्गै मैले भोगेका केहि कुराहरु ! 😊

-बनेपा-३

प्रतिक्रिया



थप समाचारहरु

 

धर्म ठूलो कि विज्ञान?

 

कविता– रोईरहेको छ मेरो मेलम्ची

 

कोरोना : मेरो भोगाई !

 

ब्लग : रेडियो !

 

ब्लग : टेलिभिजन अनि म !