कविता– रोईरहेको छ मेरो मेलम्ची


 Mechikali 

-कमला गुरुङ

पानीको भेल सँगै बगेका ति मानिसका सपना
प्रकृतिले दिएको त्यो पिडा, सक्दिन म गर्न कल्पना
हजारौँ व्यक्ति घरबार विहिन भएका छन्
साना नानी बाबुले अभिभावक गुमाएका छन् ।
आज रोईरहेको छ मेरो मेलम्ची
अनि खुशी देखिन्छ पापी प्रकृति !

 

साहुलाई क्रृण मागेर बनाएको त्यो घर बगाएको छ
विदेशको पसिनाबाट जोडेको खेतीयोग्य जमिन बगाएको छ
कति रहर थिए होला , जिवन रंगिन बनाउने
ती सबै इच्छा , आकांक्षा बाढील माटोमा विलिन बनाएको छ
आज रोईरहेको छ मेरो मेलम्ची
अनि खुशी देखिन्छ पापी प्रकृति !

 

अव सचेत हुनुपर्छ सवै, खोलाको छेउमा बस्ति बसाउनु हुन्न
निर्दोष जनावर र सिङगो बस्ती बाढीले बगाउँदा पनि सरकारको ध्यान किन जादैन
काठमाण्डौ बासीको प्यास मेट्ने सपना पूरा हुदै गर्दा
नसोचेको मानवीय र भौतिक क्षति भएको छ बाढी र पहिरो आउँदा
आज रोईरहेको छ मेरो मेलम्ची
अनि खुशी देखिन्छ पापी प्रकृति !

प्रतिक्रिया



थप समाचारहरु

 

म सियो खोजीरहेछु

 

अनामिका सजलका तीन गजल

 

धर्म ठूलो कि विज्ञान?

 

कविता– रोईरहेको छ मेरो मेलम्ची

 

कोरोना : मेरो भोगाई !