कर्तव्य ज्यान मुद्धाकी फरार प्रतिवादी पक्राउ


 Mechikali 

धुलिखेल– कर्तव्य ज्यान मुद्धामा अदालतको फैसलापछि फरार रहेकी कएक महिला पक्राउ परेकी छिन् । फैसला कार्यान्वयनको सिलसिलामा ईलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रमुख प्रहरी निरीक्षक अनिष बुढाथोकी नेतृत्वको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्धामा संलग्न ६१ वर्षीया देवीमायाँ तामाङलाई बिहिबार पक्राउ गरेको हो । प्रहरीले जिल्लाको भुम्लु गाउँपालिका–५ बाट उनलाई पक्राउ गरेको हो । तामाङलाई कर्तव्य ज्यान मुद्धामा पुनरावेदन अदालत पाटनले २०७० चैत १० गते द्ुई वर्षको कैद सजाँयको फैसला गरेको थियो ।

 

जिल्ला अदालत काभ्रेले फैसला कार्यान्वयनको लागि प्रहरीलाई करिब एक हजार फरार कैदीहरु पक्राउ गर्न नामावली पठाएको थियो । प्रहरीले चाल् आर्थिक वर्ष २०७७÷०७८ मा हालसम्म ६५ जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेमा पेश गरेको जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु