कोरोना प्रभावितका लागि निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर


 Mechikali 

दोलालघाट (काभ्रे)– काभ्रेको भुम्लु गाउँपालिका तथा आसपासका कोरोनाबाट प्रभावित समुदायका लागि निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाको आयोजना तथा भुम्लु गाउँपालिकाको समन्वयमा भुम्लु गाउँपालिका वडा नम्बर–८ दोलालघाटमा शिविर सम्पन्न भएको हो । शिविरको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले आयुर्वेद चिकित्साको महत्व तथा यसको फाइदाको बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।
शिविरमा पेट सम्बन्धी, हाडजोर्नी, नसा, महिला रोग, पिसाब, छाला, बाल रोगको सेवा प्रदान गरिएको थियो । यसैगरी शिविरमा जेष्ठ नागरिकमा हुने स्वासप्रश्वास तथा पोष्ट कोभिड बिरामीहरुलाई आयुर्वेद तथा योग सेवा प्रदान गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख डा. मनोज चौधरीले जानकारी दिनुभयो । उहाँले शिविरमा उपस्थित नागरिकहरुलाई योग अभ्यास समेत गराईएको बताउनुभयो । उहाँले शिविरमा पाँच सय ३७ जनालाई सेवा प्रवाह गरिएको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु