बनेपा नगरपालिका –१४ मा महिलाका लागि नेतृत्व विकास कार्यक्रम


 Mechikali 

बनेपा- बनेपा नगरपालिका वडा नंम्बर १४ को आयोजनामा भएको महिला नेतृत्व बिकास, लैंगिक समानता तथा प्रजनन श्वास्थ्य सम्बन्धि ३ दिने तालिम आज सम्पन्न भएको छ । बनेपा नगर पालिकाका नगर प्रमुख लक्ष्मि नरसिंह बादेको प्रमुख आतिथ्यता र उप प्रमुख रेखा सापकोटा दाहालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम समापन भएको हो । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बादेले महिलाहरु कमजोर नरहेको भन्दै मानसिकता कमजोर नबनाउन आग्रह गरेका छन् ।
महिलाहरुको क्षमता अभिबृद्दि सँगसँगै आयआर्जनका कार्यक्रममा सघाउन नगरपालिका सधैं तयार रहेको उनको भनाई थियो । तालिममा सिकेका कुरा जिवनमा लागु गरेमा तालिमले ठुलो महत्व राख्ने उनको बिश्वास छ । कार्यक्रममा बनेपा नगरपालिका उप–प्रमुख रेखा सापकोटा दाहालले राज्यले महिला अधिकार सुनिश्चित गरेको अवस्थामा यस्ता तालिमले महिलाहरुको नेतृत्व र श्वास्थ्य सहजता बढ्ने बताइन् । महिलाले गर्न सक्दैनन भनेर पछाडि पारिने परम्परा पछिल्लो समय तोडिदै गएको पनि उनले बताइन् । बनेपा नगरपालिकामा किशोरि सञ्जाल निर्माणको क्रममा रहेको जानकारी दिँदै उप–प्रमुख दाहालले त्यसबाट बचत देखि कानुनका कुरा सिकाउने बताइन । किशोरिहरुको क्षमता अभिवृद्धि गर्न तथा प्रजजन् स्वास्थ्य बारे जानकारी दिन नगरपालिकाले किशोरि संग उप मेयर कार्यक्रम गर्दै आएको उनले बताइन् । किशोरिहरुको साथमा बनेपा नगरपालिका र आफु सधैं साथ रहने उनले प्रतिवद्धता जनाएकी छन् ।
कार्यक्रममा प्रशिक्षक भुवन रायमाझीले सबैको सकृय सहभागिताका लागि धन्यवाद दिएका छन् । उनले सिक्ने कुरा जिवन पर्यन्त हुने हुनाले सिकाइलाइ निरन्तरता र सिकेका कुराको सदुपयोग गर्न सके जिवन जिउन सहज हुने बताए । कार्यक्रममा प्रशिक्षार्थि सुस्मिता बिक, स्मृति कार्कि र रोश्नि राना मगरले आफ्नो ३ दिनको सिकाइ अनुभव सुनाएका थिए । तिन दिने कार्यक्रममा भुवन रायमाझि र सरिता सापकोटाले सहजिकरण गरेका थिए । कार्यक्रममा वडा सदस्य सुजेन्द्र श्रेष्ठ, हरि प्रसाद तिमल्सिना, मैया बिक र वडा सचिव सत्यजित भैलको आतिथ्यता रहेको थियो । यस्तै बनेपा नगरपालिका वडा नम्बर १४ कि महिला वडा सदस्य शान्ति कार्किको स्वागत मन्तब्य राखेकी थिइन् भने वडा अध्यक्ष गौरि राउतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु