काभ्रेका मोबाइल व्यवसायी संगठित


 Mechikali 

बनेपा-काभ्रेका मोबाइल व्यवसायीहरु संगठित भएका छन् । लामो समयदेखि मोबाइलको व्यवसायमा लागेका व्यवसायीहरुले काभ्रे मोबाइल व्यवसायी संघ गठन गरेका हुन् । मोबाइल व्यवसायीहरुको हकहित र स्वच्छरुपमा व्यवसाय प्रवद्र्धनका लागि संघ गठन गरिएको व्यवसायीहरुले बताएका छन् ।

संघको अध्यक्षमा सत्य श्रेष्ठ, उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा पवनराज कर्णजित र कोषाध्यक्षमा मधुर दाहाल चयन भएका छन् । यस्तै सहसचिवमा अमिर रन्जित, सह-कोषाध्यक्षमा विशाल ढकाल तथा कार्यसमिति सदस्यहरुमा सुजन ताम्राकार, रोशन श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु