काभ्रेका पुनः दश दिन निषेधाज्ञा थप


 Mechikali 

काभ्रे– जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लामा जारी रहेको निषेधाज्ञालाई थप दश दिन लम्ब्याउने निर्णय गरेको छ । कार्यालयले बिहिबार विज्ञप्ती जारी गर्दै बिहिबार राती १२ बजेदेखि लागु हुने गरी २०७८ साउन १० गते राती १२ बजेसम्म लागु हुने गरी दश दिन निषेधाज्ञा थप गरेको हो । प्रशासन कार्यालयले सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, पाटी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, शैलुन, ब्युटिपार्लर, जिमखाना सञ्चालनमा पूर्ण रोक लगाएको छ ।
कार्यालयले हाट, मेला, जात्रा, महोत्सव, भोज जस्ता भिड हुने कार्यहरु गर्न, विवाह, ब्रतबन्ध तथा सामुहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पाटी प्यालेसबाट गर्न, तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफुल बिक्री वितरणमा रोक लगाएको छ । प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनका हकमा कुल सिट क्षमताभन्दा बढी यात्रुहरु नराख्ने गरी चालक, सहचालक तथा यात्रुहरुले निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, विकास निर्माणका सामाग्री ढुवानी गर्ने सवारी साधनले जिल्लाभित्र साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म र जिल्ला बाहिर जाने हकमा राती ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ ।
कार्यालयले पसल तथा सटरहरु बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म निर्धारित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । जिल्लामा कोभिडपछि बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । जिल्ला प्रशासन कार्यालयले शैलुन, व्युटिपार्लरलगायत सञ्चालनमा रोक लगाएपनि यस्ता व्यवसायहरु पूर्ण रुपमा खुलेका छन् भने प्रशासनले कारवाहिको दायरामा ल्याउन सकेको छैन । प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा औपचारिकताका लागि मात्रै देखिएको छ ।

 

प्रतिक्रिया



थप समाचारहरु