काठमाडौँ विश्वविद्यालयद्धारा श्वेत पत्र जारी


 Mechikali 

धुलिखेल– काठमाडौँ विश्वविद्यालय (केयु)ले पहिलो पटक विश्वविद्यालयको श्वेत पत्र जारी गरेको छ । पाँच महिनाअघि विश्वविद्यालयको उपकुलपतिमा नियुक्त हुनुभएका प्रा. डा. भोला थापाले विश्वविद्यालयको श्वेत पत्रका साथै र दश वर्षे रणनीतिक योजना बनाउनु भएको हो । विश्वविद्यालय सभाको ९० औँ बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. थापाले विश्वविदालयका संस्थापक उपकुलपतिले दश वर्षअघि सुरु गरेको कार्यको निरन्तरताका लागि दश वर्षे रणनीतिक योजना अघि बढाएको बताउनुभयो । उहाँले विश्वविदालयका प्रा.डा. महेश बाँस्कोटाको नेतृत्वको पाँच सदस्यीय विज्ञ टोलीले विश्वविद्यालयको श्वेत पत्र तयार गरेको बताउनुभयो ।
श्वेत पत्रमा विद्यालयलयको हालसम्म्को अवस्था, सुधार गर्नुपर्ने पक्षहरु समेटिएको छ । उहाँले विश्वविदालयले नेपालमा नै पहिलो पटक हाइड्रोजन ल्यावको स्थापना गर्ने लक्ष्य अघि सारेको छ । विश्वविद्यालयले आगामी दिनमा नेपाल आयल निगमको सहकार्यमा ग्रीन हाइड्रोजन ल्यावको स्थापना गर्ने लक्ष्य अघि बढाएको बताउनुभयो । विश्वविद्यालयले सन् २०२२ देखि २०२७ सम्मको पाँच वर्षे रणनीतिको मस्यौदा तयार गरी सिनेटलाई जानकारी दिइएको बताउनुभयो । उहाँले विश्वविद्यालयको दिगो आर्थिक व्यवस्थापनका लागि ५० करोडको अक्षय कोष पु¥याउने लक्ष्य अनुरुप हाल कोषमा २६ करोड रुपियाँ पु¥याइएको बताउनुभयो ।
विश्वविद्यालय सभाको ९० औँ बैठकले आर्थिक वर्ष २०७८÷०७९ का लागि दुई अर्ब ३८ करोड ५४ लाख रुपियाँको अनुमानित आय, व्यय पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक लेखा परीक्षक समेत नियुक्त गरेको छ । उपकुलपति डा. थापाले विश्वविद्यालयले सुशासन र पारदर्शितालाई जोड दिएर विश्वविद्यालयका हरेक गतिविधि, बजेट, कार्यक्रमहरु विश्वविद्यालयके वेभ पेजमा सार्वजनिक गरिएको बताउनुभयो । उपकुलपति थापाले आफ्नो अघिल्लो आर्थिक वर्षको पाँच महिनाको अवधिमा विभिन्न परियोजनासहित विदेशका १५ वटा संस्थासंग सहकार्यको लागि सम्झौता भएको, आन्तरिक जनशक्तिलाई दक्ष र समर्थ गराउन शिक्षक तथा कर्मचारीलाई उपयुक्त स्थानमा पदस्थापना गरिएको बताउनुभयो ।
यस्तै सबै प्राध्यापक र एसोशियट प्राध्यापकलाई कम्तिमा एक जना रिसर्च फेलोका रुपमा पीएचडी, एमफिल, मास्टर बाई रिसर्च तहमा भर्ना भएका अनुसन्धानकर्ताहरु उपलब्ध गराई उनीहरुको अनुसन्धानमा सहयोग गर्ने कार्य अघि बढाइएको विश्वविद्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्माले विश्वविद्यालयले काभ्रेको धुलिखेलको चौकोट, पाँचखाल र पनौती नगरपालिकामा भौतिक पूर्वाधार निर्माण गरी उक्त स्थानमा विश्वविद्यालयका गतिविधि सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु