एघार जुवाडे प्रहरीको फन्दामा


 Mechikali 

काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेले अबैध रुपमा बाजी थापी पैसा हारजित हुने गरी जुवातास खेलिरहेका एघार जनालाई पक्राउ गरेको छ । प्रहरीले मङ्गलबार साँझ जिल्लाको बनेपा नगरपालिका–१४ खालचोकस्थित थोप्चेन तामाङको घरमा जुवातास खेलिरहेका एघार ज्ुवाडेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले अबैध रुपमा जुवा तास खेलिरहेका काभ्रेको बनेपा नगरपालिका–१० जनागालका कृष्ण केसी, काभ्रेको रोशी गाउँपालिका–३ का पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा नगरपालिका– ११ पाकुटोलका सुमन अधिकारीलाई पक्राउ गरेको बताउनुभयो ।

यसैगरी बनेपा नगरपालिका–१४ का गणेश थापा, बनेपा–७ का अनिल मुस्याजु, रोशी गाउँपालिका–३ शिखरआम्बोटेका हिरा लामा, रोशी–१ घरभई हाल बनेपा ७ बस्ने चन्द्र लामा स्याङ्तान, रोशी गाउँपालिका–८ घरभई हाल बनेपा–८ बस्ने थर्कमान लामालाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी अवैध जुवा तास खेलिरहेका काभ्रेको बनेपा नगरपालिका–६ का किशोर अधिकारी, धुलिखेल नगरपालिका–१० शारदाबतासेका छिरिङ लामा र भक्तपुर सूर्यविनायक नगरपालिका–९ का दिपक बस्नेतलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । उहाँले उक्त समुहबाट नगद सात लाख १५ हजार ३५ रुपियाँ रकमका साथै चौध बुक तास र एक थान तन्ना बरामद गरिएको बताउनुभयो । उहाँले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका एघार जना विरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट बुधबार सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु