काभ्रेको महाभारतमा १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वृद्ध पक्राउ


 Mechikali 

महाभारत –काभ्रेको महाभारत गाउँपालिकामा १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक वृद्ध पक्रा परेका छन् ।
स्थानीय एक बालिकालाई जबर्जस्ती करणी (बलात्कार) गरेको उजुरी पीडित बालिकाको परिवारले गरेसँगै प्रहरी चौकी फोक्सिङटारले महाभारत गाउँपालिका वडा नं. ५ भलडाँडाका ६० बर्षीय कुलवहादुर थिङलाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो पक्राउ परेका थिङलाई शुक्रबार साँझ अबेर जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको छ । उनलाई भोली जिल्ला अदालत काभ्रेमा पेश गरी थप अनुसन्धानका लागि म्याद थप गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक भुपेन्द्रवहादुर खत्रीले जानकारी दिए ।

यस्तो छ घटना विवरण
जिल्ला प्रहरी कार्यालय काभ्रेमा पीडित बालिकाका दाजुले दिएको जाहेरीअनुसार अभियुक्त थिङले पछिल्लोपटक यही साउन १४ गते आफ्नै घरमा लगेर बालिकालाई बलात्कार गरेका थिए । गाउँकै एक पसलमा बिस्कुट किनेर घर फर्कँदै गरेकी ती बालिकालाई थिङले काक्रो खान आउ भन्दै बोलाएका थिए । सुरुमा काँक्रो टिपेर दिएका उनले बालिकाले काक्रो खाइरहेकै अवस्थामा बालिकाको हात समाएका थिए । उनले ‘के गरेको यो ?’ भन्दै प्रतिवाद गरिरहँदा थिङले जर्बजस्ती घरको चोटामा लगी बालिकालाई बलात्कार गरेका थिए । उनले ‘यो कुरा कसैलाई भनिस भने मार्दिन्छु’ भन्दै बालिकालाई धम्क्याएर घर पठाएका थिए ।
स्रोतका अनुसार स्थानीय एक बालकले यो घटना देखेपछि बालिकाको परिवारसम्म कुरा पुगेको थियो । त्यसपछि परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालय काभ्रेमा शुक्रबार नै जाहेरी दर्ता भएको छ । अभियुक्त थिङले यसअघि पनि बालिकामाथि पटकपटक जबर्जस्ती करणी गरेको बताइएको छ । उनले यसअघि एक स्थानीय महिलामाथि पनि जबर्जस्ती गरेको र उक्त घटनामा उनीमाथि कुटपिटसमेत भएको थियो । उक्त घटनामा भने पीडितले प्रहरीमा उजुरी गरेका थिएनन् ।

प्रतिक्रिया



थप समाचारहरु