वकपत्रका लागि अदालत लगिएका थुनुवा अदालतबाटै भागे


 Mechikali 

धुलिखेल– चोरी/डाँका मुद्दामा पक्राउ परी अदालतको आदेशपछि पूर्पक्ष थुनामा रहेका एक थुनुवा जिल्ला अदालत काभ्रेको परिसरबाट भागेका छन् । बुधबार दिउँसो वत्रपत्रका लागि अदालत पु¥याइएका चोरी मुद्दामा पक्राउ परेका काभ्रेको खानीखोला गाउँपालिका–६ का सुनिल वाइवा लामा अदालतको क्यान्टिनबाट भागेका हुन् । अदालतको क्यान्टिनमा खाजा खान बसेका लामा सँगै रहेका प्रहरीलाई झुक्याएर क्यान्टिनको झ्याल खोलेर भागेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
अदालत परिसरबाट भागेका लामाको खोजी कार्य भईरहेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले बताउनुभयो । ‘हामीले धुलिखेलमा रहेको देविस्थान जङ्गलभित्र लुकेको हुन सक्ने अनुमान गरेर प्रहरी परिचालन गरेर खोजी गरेका छौँ’ उहाँले थप्नुभयो । उहाँले फरार रहेका लामा अन्यत्र पनि जान सक्ने भएकोले जिल्लाका सबै प्रहरी चौकीलाई चनाखो रहन निर्देशन दिइएको बताउनुभयो । लामासहितको टोलीले २०७७ मंसिर ७ गते काभ्रेको पाँचखाल तामाघाटमा रहेको रञ्जन लामिछानेको पसलमा रहेका विभिन्न ब्राण्डका रक्सी चोरी गरेको आरोपमा पक्राउ परेका थिए ।
२०७७ पुस १५ गते पूर्पक्ष थुनाका लागि कारागार राखिएका लामाको मङ्गलबार र बुधबार अदालतमा वकपत्र गरिएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु