Saturday, 26 May 2018 06:24 am, Nepal

चितवनमा थप दुई ठाउँमा बर्डफ्फू

मेचीकाली : 2018-05-25 08:59:00

चितवन, ११ जेठ : जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो ।

पुरा पढ्नुहोस्

दश महिनामा एकानब्बे करोड आम्दानी

मेचीकाली : 2018-05-24 14:01:41

भक्तपुर, १० जेठ (रासस): भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ । यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

बासनादार धानको अध्ययन गर्दै नार्क

मेचीकाली : 2018-05-24 14:00:28

ललितपुर, १० जेठ : नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ । नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन ।

पुरा पढ्नुहोस्

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

मेचीकाली : 2018-05-22 16:08:54

काठमाडौँ, ८ जेठ : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो ।

पुरा पढ्नुहोस्

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

मेचीकाली : 2018-05-20 13:41:58

नवलपरासी, ६ जेठ : पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ ।नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु