Saturday, 22 September 2018 02:58 pm, Nepal

पर्यटकीयस्थल बडामालिका ओझेलमा

मेचीकाली : 2013-02-12 19:31:45

गँगराज पण्डित 

सुदूर तथा मध्यपश्चिमको प्रख्यात तिर्थस्थलका रुपमा चिनिएको बाजुराको बडीमालिका मन्दिर सरकारी निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले निक्कै सम्भावना बोकेको मन्दिर क्षेत्रको प्रचार प्रसारमा सरकारी निकायले बेवास्ता गरेका कारण बडीमालिका मन्दिर ओझेलमा परेको हो । कैलाशमाण्डौं गाविसमा पर्ने बडीमालिका मन्दिर र त्यस वरिपरिका त्रिवेणी, पाटन तथा नाटेश्वरी मन्दिर प्राकृतिक सौन्दर्य र धार्मिक एवम् साँस्कृतिक महत्वका कारण सुदूरपश्चिमभरि प्रख्यात छन् । 

पुरा पढ्नुहोस्

पर्यटक आगमन बढ्दै

मेचीकाली : 2012-12-03 08:57:45

काठमाडौं–अक्टोबर महिनामा केही घटेको पर्यटक आगमन नोभेम्बरमा भने बढेको छ । मुख्य पर्यटकीय सिजनका रुपमा लिइने नोभेम्बरमा हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्यामा झिनो वृद्धि भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत वर्षको नोभेम्बरको तुलनामा यस वर्षको नोभेम्बरमा २ दशमलव दुई प्रतिशतले पर्यटक बढेका छन् । विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै नोभेम्बरमा ५९ हजार ४ सय ११ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

पुरा पढ्नुहोस्

पोखरामा प्याराग्लाइडिङ गर्ने घटे

मेचीकाली : 2012-11-21 17:39:00

पोखरा– पर्यटकिय मौसम सुरु भएपनि पोखरामा प्याराग्लाईडिङ गर्नेहरुको संख्या अझै बढेको छैन । गतवर्षको तुलनामा यो वर्ष नेपाल आउने पर्यटक घटेका कारण पोखरामा प्याराग्लाईडिङ गर्ने पर्यटक पनि घटेका हुन् । सन् २०११ मा पोखराको आकाशमा करिब ३० हजार पर्यटकले प्याराग्लाईडिङ गरेका थिए भने सन् २०१२ को अक्टोबर महिनासम्म करिब २२ हजारले मात्रै प्याराग्लाईडिङ गरेको नेपाल हवाई खेलकुद एशोसियसनका महासचिव सोभित बाँनियाले जानकारी दिनुभयो । 


पुरा पढ्नुहोस्

नेपाल आउने पर्यटकको संख्या घट्यो

मेचीकाली : 2012-11-01 20:24:22

पर्यटकीय सिजन सुरु भइसक्दा नेपाल आउने पर्यटकको संख्यामा भने गिरावट आएको छ । गत अक्टोबर महिनामा हवाई मार्गबाट नेपाल आउने पर्यटकहरुको संख्या घटेको हो । त्रिभुवन अन्तर्राष्ट्रय विमास्थल अध्यागमन कार्यालयले जारी गरेको तथ्यांकका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको अक्टोबर महिनामा नेपाल आउने पर्यटक ७ दशमलव ३ प्रतिशतले घटेको हो । विभागका अनुसार सार्क क्षेत्रको पर्यटक आगमन २८ दशमलव ५ प्रतिशतले घटेको छ ।

पुरा पढ्नुहोस्

तनहुँका होटलहरुमा पर्यटकहरुको भिड

मेचीकाली : 2012-10-28 14:36:18

तनहुँ– 

पर्यटकीय मौसम सुरुवातसंगै तनहुँका अधिकाँश होटलहरुमा पर्यटकहरुको भिड हुने गरेको छ । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लीङ्गदेखि कोत्रे सडक खण्डमा रहेका होटलहरुमा पर्यटकको खाना  र खाजाको लागी भिड लाग्ने गरेको हो । यसरी पर्यटकहरुको भिडले अहिले तनहुँका १ दर्जन होटल व्यवसायीहरु व्यस्त हुन थालेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु