dashain
Wednesday, 17 October 2018 11:44 pm, Nepal

सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटक घटे

रासस: 2013-12-25 13:51:54

सोलुखुम्बु-सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु क्षेत्रमा गत वर्षको मङ्सिरमा भन्दा यो वर्षको मङ्सिरमा पर्यटकको सङ्ख्या १०७ जनाले घटेको छ । गत वर्षको मङ्सिरमा सार्क क्षेत्रबाट ४६ र तेस्रो मुलुकबाट दुई हजार ७२६ गरी कुल दुई हजार ७७२ जना पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेकामा यो वर्ष कुल दुई हजार ६६५ जनाले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । 


पुरा पढ्नुहोस्

हवाई मार्गबाट आउने पर्यटक घटे

मेचीकाली : 2013-12-21 11:33:09

हवाई मार्गबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । नेपाल पर्यटन बोर्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत नोभेम्बरमा हवाई मार्गबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा ७.०१ प्रतिशतले कमी आएको हो । गत साल हवाई मार्गबाट नोभेम्बर महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या ५९ हजार ४११ रहेको थियो भने यस वर्षको नोभेम्बर महिनामा ५५ हजार २४५  पर्यटक मात्रै हवाई मार्गबाट नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । 


पुरा पढ्नुहोस्

पूर्वाधार अभावमा जोखिम बन्दै चोलापास

रासस: 2013-12-11 14:26:10

सोलुखुम्बु–सोलुखुम्बुको प्रसिद्ध पर्यटकीयस्थल गोक्यो तालको भ्रमण पूरा गरी सगरमाथाको आधार शिविरतिर जाँदा पार गर्नुपर्ने चोलापास पूर्वाधार अभावमा जोखिमपूर्ण बन्दै गएको छ । समुद्र सतहबाट पाँच हजार ४२० मिटरको उचाइमा रहेको सोलुखुम्बुकै खतरापूर्ण पास मानिने चोलापासमा राम्रो बाटोघाटो नभएका कारण दिनानुदिन जोखिमपूर्ण बन्दै गएको हो ।


पुरा पढ्नुहोस्

काठमाडौँबाटै देख्न सकिन्छ सगरमाथा

रासस: 2013-12-02 15:44:05

वासुदेव पौडेल

किर्तिपुर- काठमाडौँबाटै विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिम शृङ्खलाहरु हेर्ने उपयुक्त गन्तव्य बनेको काठमाडौँ दक्षिण भेगस्थित चम्पादेवीमा पर्यटकको घुँइचो बढ्दै गएको छ । विगतमा ओझेलमा परेपनि विस्तारै प्रचार हुन थालेपछि विदेशी पर्यटकहरु हिमशृङ्खलाको अवलोकनका लागि यस क्षेत्रमा दिनप्रतिदिन बढिरहेका छन् । 

पुरा पढ्नुहोस्

सुदूरपश्चिमको पर्यटकीय तस्बिर प्रदर्शनी हुने

रासस: 2013-11-27 16:36:48

काठमाडौं– सुदूरपश्चिम क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर तथा पर्यटन विकासका सम्भावना, अवसर र चुनौतीको बारेमा जानकारी गराउन काठमाडाँैको राष्ट्रिय सभागृहमा मङ्सिर १४ गते शुक्रबारदेखि फोटो प्रर्दशनीको आयोजना गरिने भएको छ ।


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु