Saturday, 19 August 2017 03:48 am, Nepal

लागुऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ को मृत्यु

एजेन्सी: 2017-08-18 16:03:15

मनिला, २ भदौ : फिलिपिन्सको राजधानी मनिलामा शुक्रबार मध्यराति प्रहरीले लागुऔषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा १४ व्यक्ति मारिएका छन् । फिलिपिन्स सरकारले लागुऔषधविरुद्ध देशभर जारी राखेको कारबाहीका क्रममा बिहीबार पनि २५ व्यक्ति मारिएका थिए । बिहीबार र शुक्रबार राजधानी मनिलामा जारी कारबाहीको क्रममा अन्य ३९ व्यक्ति मारिएका छन् ।

पुरा पढ्नुहोस्

बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा

मेचीकाली : 2017-08-18 16:01:41

बार्सिलोना, २ भदौ : स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ ।उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली हमलामा परी अरु पनि करिब १०० जना नराम्ररी घाइते भएका बताइएको छ ।भ्यानबाट भएको आक्रमणमा परी ती नागरिकको ज्यान गएको एकजना स्पेनिस अधिकारीले जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव

एजेन्सी: 2017-08-17 16:20:53

सोल, १ भदौ : दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो जनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको हो । उहाँले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेको बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

हवाई कारबाहीमा पाँच तालिवानको मृत्यु

एजेन्सी: 2017-08-17 16:20:02

कुन्दुज (अफगानिस्तान), १ भदौ : उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तको चार्दारा जिल्लामा बिहीबार आतङ्ककारी लुकेर बसेको इलाका लक्षित हवाई कारबाहीमा पाँच तालिवान आतङ्ककारी मारिएका छन ।जिल्ला प्रमुख जल्माई फारुकीले उक्त जानकारी दिनुभएको छ ।

पुरा पढ्नुहोस्

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

एजेन्सी: 2017-08-16 18:00:22

नयाँ दिल्ली, ३२ साउन : भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् ।गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु