Sunday, 19 November 2017 08:02 pm, Nepal

दिल्लीको तुवाँलो हटाउन पहल सुरु

एजेन्सी: 2017-11-10 14:39:46

नयाँ दिल्ली, २४ कात्तिक : वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ ।वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखिएको छ ।

पुरा पढ्नुहोस्

राष्ट्रपति ट्रम्प भियतनाममा

एजेन्सी: 2017-11-10 14:39:02

भियतनाम, २४ कात्तिक : आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुग्नुभएको छ ।भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्स् बिमान अवतरण गरेको थियो । उहाँलाई सो विमानस्थलमा विशेष स्वागत गरिएको थियो । भियतनाममा आयोजना भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन, ९एपिइसी० को सम्मेलनमा सहभागिताका लागि उहाँ यहाँ आउनुभएको हो ।

पुरा पढ्नुहोस्

भारतमा सडक दुर्घटना १९ को मृत्यु

एजेन्सी: 2017-11-07 16:37:53

नयाँ दिल्ली, २१ कात्तिक : पश्चिम भारतीय राज्य गुजरातमा भएको सडक दुर्घटनामा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । ट्रक र भ्यान एक आपसमा ठोक्किदा भएको यस दुर्घटनामा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अरु नौ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।गुजरातको खेदा जिल्लाको अहमदाबाद इन्दोर राजर्मागमा सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

पुरा पढ्नुहोस्

भियतनाममा आँधीबाट ६९ जनाको मृत्यु

एजेन्सी: 2017-11-07 16:37:10

हनोई, २१ कात्तिक : भियतनाममा गएको शनिबार आएको डाम्रोइ आँधीका कारण कम्तीमा पनि ६९ जनाको मृत्यु भएको समाचार छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आइतबार जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

अमेरिकाको एक चर्चमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा २६ जनाको मृत्यु

एजेन्सी: 2017-11-06 11:30:23

टेक्सास, २० कात्तिक : अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।बन्दुकधारीको गोली लागेर अन्य २४ जना घाइते भएका छन् ।टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका मानिसका बीचमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु