Wednesday, 21 February 2018 07:17 pm, Nepal

तालिबान कमाण्डर मारिए

एजेन्सी: 2018-01-27 13:53:08

कुन्दुज, १३ माघ : अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा अफगानिस्तानको तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर मारिएको समाचार छ ।प्राप्त समाचारअनुसार शुक्रबार उक्त समूहले गरेको स्थलगत कारबाहीका क्रममा ती कमाण्डर मारिएका हुन् । ममताज नामका ती कमाण्डरसँग उनका दुई जना अंगरक्षक र अरु दुई लडाकू पनि मारिएका बताइएको छ ।

पुरा पढ्नुहोस्

सिरियाली मुख्य विपक्षीद्वारा रुससँगको वार्ता अस्वीकार

एजेन्सी: 2018-01-27 13:52:17

भियना, १३ माघ : सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको छ ।भियनामा जारी रहेको संयुक्त राष्ट्रसंघले पुनः आह्वान गरेको वार्ताको प्रयास लगभग असफल हुने देखिएपछि यसका लागि रुसले पनि पहलस्वरुप आगामी हप्ता वार्ताको आह्वान गरेको थियो ।

पुरा पढ्नुहोस्

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

मेचीकाली : 2018-01-25 14:15:26

सोल, ११ माघ : उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्त खेलमा संयुक्त प्रतिश्पर्धा गर्ने भएका हुन् ।

पुरा पढ्नुहोस्

रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फिर्ता गरिँदै

एजेन्सी: 2018-01-23 13:28:21

याङ्गुन, ९ माघ : हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीहरुसँग छलफल गर्न लाग्नुभएको छ । उहाँले उनीहरुको फिर्तीका लागि उक्त राज्यले अवलम्बन गर्नुपर्ने विशेष कार्यक्रमका बारेमा सल्लाह गर्नुभएको र त्यसका लागि आवश्यक कार्ययोजना पनि पारित गर्न लाग्नुभएको बताइएको छ ।

पुरा पढ्नुहोस्

काबुलको पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्वार गरिँदै

एजेन्सी: 2018-01-21 13:46:50

काबुल, ७ माघ : अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा ताबिानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ । अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्वार गरिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु