Saturday, 19 August 2017 03:45 am, Nepal

प्रजातन्त्रका सच्चा सेनानी– सुरेशमान जोशी

मेचीकाली : 2012-11-24 10:08:35

-नरेन्द्रराज प्रसाई 

सुरेशमान जोशी सादा जीवनमा बाँचेका राजनीतिज्ञ थिए । उनको सरल जीवनशैलीलाई कुनै पनि हुरीबतासले कहिले पछारेन । उनको सौम्य रहनसहनमा पनि कहिले परिवर्तन आएन । अनि उनको सिद्धान्तमा पनि कहिले धमिरा लागेन । उनी जति बाँचे प्रजातन्त्रका लागि सड्घर्ष गरेर नै बाँचे । 

पुरा पढ्नुहोस्

इन्सपेक्टर कार्की र उनको प्रतिभा

मेचीकाली : 2010-11-20 15:38:58

–केदार तिमल्सिना

सधैभरी आफ्नो ड्युटीमा खटिरहने एक प्रहरी निरिक्षकले व्यस्त समयका बाबजुत पनि आफुमा रहेको प्रतिभालाई प्रस्फुटन गदै एक गिती एल्बम निकाल्न सफल भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक गोविन्दकुमार कार्कीले आफ्नो व्यस्त समयका बाबजुत पनि स्रोता, दर्शकहरु माझ आफुहरुले रचना गरेका गितहरुलाई एकै स्थानमा संग्रह गरी एल्बम निकाल्न सफल भएका हुन् ।

पुरा पढ्नुहोस्

चरामै समर्पित हेम पौडेल

मेचीकाली : 2010-09-10 08:54:08

-Hem paudelश्याम रिमाल
हालसम्म हजारौ चराका चित्र तयार गरिसकेका हेम पौडेल घरको बार्दलीमा बस्दा होस् वा सडकमा हिँडिरहँदा, चराकै खोजीमा लागेका हुन्छन् । चराका चित्र बनाउँदा बनाउँदै उनी  लोभलाग्ने गरी चराको आवाज पनि निकाल्नसक्ने भइसकेका छन् ।  

पुरा पढ्नुहोस्

अपाङ्ग भएर पनि उदाहरणीय बनेका शिवराज

मेचीकाली : 2010-09-05 14:42:37

एलबी थापा/प्युठान
  मोटो र होचो कद भएका शिवराजका शरिरभरि आँैला छन् । सामान्यतया मानिसको शरिरमा हातका १० र खुट्टामा १० गरी २० ओटा आँैला हुन्छन् । तर अदुवाका चाका जस्ता डल्ला देखिने शिवराजका हात र खुट्टामा गरी ३१ औँलाहरु छन् ।  उनका हातमा १५ र खुट्टामा १६ ओटा औँला छन् । जन्मै यस्तै जन्मिएका शिवराजको स्वर पनी नक्सरो छ । नचिनेको मान्छेले झट्ट हेर्दा डल्ले शिवराज जो कोहिले देख्ने बित्तिकै घोरिएर हेर्न थाल्छ अनि हाँस्न पनि थाल्ला उनको आनी बानी थाहा नभएकाहरु । तर प्यूठानको पुजादेखि तिराम,  दाङको लोहारपानेटी, वचेनी, रिवानदेखि गुल्मीको मरभुङ, अर्खाबाङ यस्तै बाग्लुङ्गको बुर्तिवाङ्गदेखि अर्घाखाँचिको ढाकाबाङ, सन्धिखर्क लगायत आसपासका ठाउँमा निकै प्रख्यात छन् शिवराज ।

पुरा पढ्नुहोस्

देशको गीत गाएर पेट पाल्नेको कथा

विनोद न्यौपाने: 2010-07-18 14:22:58

-विनोद न्यौपाने
केही समयअघिको कुरा हो,  काठमाडौंबाट बनेपा फर्कँदै गर्दा भक्तपुरको जगातीमा बस रोकियो । ड्राइभर दाइले सल्लाघारी आउनै लाग्दा बजाउन सुरु गरेका थिए शिशिर योगीले गाएको मर्मस्पर्शी गीत ‘सारंगी त रेटे पनि बोल्छ मिठै ध्वनी.....।’ बस पुनः हिँड्नै लाग्दा एक युवा हतारहतार पसिना पुछ्दै बसको पछाडिपट्टि आइपुगे । अनि बस चल्न सुरु गरेलगत्तै सुरु भयो उनका गीत । र, ड्राइभर दाइले वन्द गरे शिशिर योगीका गीत । संयोग के भने योगीका गीतमा सारंगीका कुरा थिए । ती युवा भने सारंगी बजाएर गीत गाउँदै थिए ।

पुरा पढ्नुहोस्

 

    भर्खरै

     

    धेरैले पढेको

     

    भर्खरै प्राप्त प्रतिक्रियाहरु

     

    मेचीकाली भिडियो

    महाभुकम्प

    थप भिडियोहरु