Wednesday, 18 October 2017 01:12 pm, Nepal

‘लजालु रुप’ लिएर आए कमल

मेचीकाली : 2017-04-02 17:58:16


काठमाडौं–

सांगीतिक यात्राको एक दशक लामो यात्रामा थुप्रै प्रकारका गीत गाएका युवा गायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रभाव राष्ट्रिय दैनिकसँग आबद्ध सक्रिय सञ्चारकर्मी पनि रहेका श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘लजालु रुप’ आइतबार भाइब्स क्रिएसन मार्फत् सार्वजनिक गरिएको हो ।आधुनीक गीत–संगीतमा राम्रै जमेका गायक श्रेष्ठले वैशाखको अन्तिमसम्ममा अर्को म्युजिक भिडियो पनि सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

कलाकारिता र पत्रकारिताको दैनिकीमा व्यस्त रहेका श्रेष्ठको आइतबार सार्वजनिक भएको गीतको शब्द रमेश दाहालको र संगीत डेनी निरौलाको रहेको छ । भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई विक्रम कार्कीले एरेन्ज गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा अहिलेको चर्चित मोडल लीला गीरी र लालबहादुर ढेंगाको अभिनय रहेको छ भने भिडियोको निर्देशन ह्यारी कट्टेलले गरेका छन् । अभिषेक माझीले छायांकन गरेको उक्त गीतको भिडियोलाई विश्व भण्डारीले सम्पादन गरेका हुन् ।

पूर्वेली लोकलयलाई पछ्याउँदै आधुनिक धारमा तयार भएको उक्त गीतले विशेषगरी तन्नेरी पुस्ताको ध्यान तान्ने र सवैको मन जित्नेमा गायक आशावादी रहेको बताउँछन् ।

दिनदिनै नयाँ–नयाँ गीतहरु सार्वजनिक हुने क्रममा ‘लजालु रुप’ गीत भने केही फरक स्वाद लिएर प्रस्तुत गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु