Happy tihar
Saturday, 21 October 2017 07:10 am, Nepal

प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस अगाडी

मेचीकाली : 2017-09-22 09:18:12

काठमाडौँ, ६ असोज : प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस अगाडी देखिएको छ । बिहानसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले १३ स्थानिय तहमा जित हाँसिल गरेको छ । काँग्रेसलाई पछ्याउँदै माओवादी केन्द्र ८ स्थानमा विजयी भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल ७ स्थानमा विजयी भएको छ भने नेकपा एमाले र सङ्घीय समाजवादी फोरम नेपालले पाँच–पाँच तहको अध्यक्ष वा प्रमुख पद जितेका छन् । लोकतान्त्रिक फोरमले दुई र नेपाली जनता दलका उम्मेदवार एउटा तहको अध्यक्ष तथा प्रमुख पदमा विजयी भएका छन् । बिहानसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसको अग्रता कायम नै रहेको छ । नेपाली कांग्रेसले २५ स्थानमा अग्रता लिएको छ भने नेकपा एमाले अग्रतामा दोस्रोमा रहेको छ ।

पुरा पढ्नुहोस्

ठूला दलले मधेशी जनातालाई ठग्दै आएको आरोप

मेचीकाली : 2017-09-11 13:35:37

धनुषा, २६ भदौ : संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेशी जनतालाई सधँै ठग्दै आएको आरोप लगाउनुभएको छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लगायतका ठूला दलले सधँै मधेशी जनताका हक अधिकारलालाई बेवास्ता गरी ठगेको आरोप लगाउनुभएको हो ।

पुरा पढ्नुहोस्

निर्वाचनको पर्यवेक्षण गर्न इच्छुकलाई आवेदन दिन आयोगको आह्वान

मेचीकाली : 2017-09-09 18:21:06

काठमाडौँ, २४ भदौ : निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने अन्तर्रा्ष्ट्रिय संस्था, समुदाय र व्यक्तिलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको छ । निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गरी निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्था, समुदाय र व्यक्तिलाई यही भदौ २९ गतेदेखि आगामी असोज १४ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यमा योगदान पु¥याउन आयोगले अन्तर्रा्ष्ट्रिय संस्था तथा समुदायलाई पर्यवेक्षणमा सहभागी हुनका लागि आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

पुरा पढ्नुहोस्

धरानको मेयरमा एमालेका तारा सुब्बा विजयी, उपमेयरमा एमालेकै मन्जु भण्डारी

मेचीकाली : 2017-07-11 09:57:13

धरान, २७ असार : धरान उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका तारा सुब्बा विजयी हुनुभएको छ । सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गर्नुभएको छ । सुब्बा कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पछि पार्दै विजयी हुनुभएको हो । ११ दिनसम्म चलेको मत गणना हिजो साँझ सकिएको हो । औपचारिक घोषणा भने मध्यरातमा भएको थियो  ।

पुरा पढ्नुहोस्

स्थानीय तह चुनाव : अब धरान उपमहानगरको नतिजा आउन बाँकी

मेचीकाली : 2017-07-10 08:44:04

धरानमा पनि एमालेकै अग्रता

धरान, २६ असार : स्थानिय तहको दोस्रो चरणको चुनाव अन्र्तगत अब जम्मा एक स्थानको नतिजा आउन बाँकी रहेको छ । झापाको अर्जुनधाराको नतिजा गएराती सार्वजनिक भएपछि खब धरान गरपालिकाको मात्र बाँकी रहेको छ । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । योसँगै एमालेले दोस्रो चरणमा मात्रै १ सय ५० स्थानमा विजयी हाँसिल गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु